वाणिज्य बैंकहरूमा अधिक तरलता यथावत्

काठमाडौं । ‘क’ वर्गका २० वटा वाणिज्य बैंक अधिक तरलताको चापबाट मुक्त हुन सकेका छैनन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने प्रावधान रहे पनि सीडी रेसियो ८० प्रतिशतभन्दा तल नै रहेको छ ।

निक्षेप ५९ खर्ब ९७ अर्ब, कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब मात्रै

माघ मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ५९ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । गत साउनसम्ममा वाणिज्य बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब रुपैयाँ थियो । बैंकर्स संघका अनुसार सात महिनामा २ खर्ब ४२ अर्ब निक्षेप बढेको छ । यो गत असारको तुलनामा ४ दशमलव २१ प्रतिशतले बढी हो ।

यसैगरी, कर्जा पनि ५ दशमलव ६२ प्रतिशत विस्तार भएको छ । गत असारसम्ममा ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा माघ महिनासम्म आइपुग्दा ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

साउनदेखि माघ मसान्तसम्म आइपुग्दा २ खर्ब ५७ अर्ब रुपैयाँले कर्जा बढेको छ । बैंकर्स एसोसिएसनका अनुसार माघ महिनामा मात्रै निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १२ अर्ब रुपैयाँले बढेको छ ।

माघ महिनासम्ममा नेपाली मुद्रामा ५८ खर्ब ४१ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा १ खर्ब ५६ अर्ब संकलन भएको छ । कर्जातर्फ भने नेपाली मुद्रामा ४७ खर्ब ३६ अर्ब प्रवाह भएको छ । विदेशी मुद्रामा भने ९२ अर्ब कर्जा गएको छ ।

सात महिनामा ग्लोबल आईएमई बैंकले ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा बढाएको छ भने एनआईसी एसियाको कर्जा ३२ अर्ब ८८ करोड रुपैयाँले घटेको छ । ग्लोबल आईएमई बैंकले कर्जा बढाउँदा पनि सीडी रेसियो ७८ दशमलव ७७ प्रतिशतभन्दा बढी पु¥याउन सकेको छैन । एनआईसी एसियाको भने सीडी रेसियो ८३ दशमलव ६२ प्रतिशत रहेको छ ।

माघ मसान्तसम्म ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब ३४ लाख रुपैयाँ पुगेको छ । एनआईसी एसियाको भने २ खर्ब ५२ अर्ब रुपैयाँ मात्र कर्जा विस्तार गर्न सकेको छ ।

निक्षेप धेरै बढाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि रहेको छ भने एनआईसी एसियाको निक्षेपमा पनि व्यापक कमी आएको छ । इन्भेस्टमेन्ट मेगामा सात महिनामा ४० अर्ब ८७ करोड रुपैयाँ निक्षेप बढेको छ । एनआईसी एसियाको भने सात महिनामा ५८ अर्ब २२ करोड रुपैयाँले निक्षेप घटेको छ ।

एनआईसी एसिया बैंकको निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको हो । सात महिनामा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड रुपैयाँले घटेको छ ।

माघसम्ममा कृषि विकास बैंकले २ खर्ब ७ अर्ब, सिटिजन्स बैंक इन्टरनेसनलले १ खर्ब ६८ अर्ब, एभरेस्टले २ खर्ब २० अर्ब, हिमालयनले २ खर्ब ५० अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, लक्ष्मी सनराइजले २ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसैगरी, माछापुच्छे«ले १ खर्ब ४३ अर्ब, नबिलले ४ खर्ब ११ अर्ब, नेपाल बैंकले २ खर्ब २४ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब, नेपाल एसबीआईले १ खर्ब ३९ अर्ब, एनआईसी एसियाले २ खर्ब ५२ अर्ब, एनएमबीले २ खर्ब ३२ अर्ब, प्रभुले २ खर्ब ३४ अर्ब र प्राइम कमर्सियलले २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब, सानिमाले १ खर्ब ७७ अर्ब, सिद्धार्थले २ खर्ब १६ अर्ब रुपैयाँबराबरको लगानी विस्तार गरेका छन् ।

विगतमा आयात र सेयरमा लगानी गर्नेगरी कर्जाको माग बढेको थियो । अहिले सेयर बजार पनि बढ्न सकेको छैन । त्यसले गर्दा सेयर खरिदका लागि पनि कर्जा माग हुन सकेको छैन ।

बैंकसँग भएको पुँजीको तुलनामा बैंकहरूको लगानीयोग्य क्षमता खुकुलो अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ३५ प्रतिशतमा सीमित छ । नीतिगत व्यवस्थानुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्न पाउँछन् ।

राष्ट्रिय वाणिज्य बैंकको सीडी अनुपात ६३ दशमलव ९६ प्रतिशत रहेको छ । एभरेस्ट बैंकको ८३ दशमलव ५ प्रतिशत रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत छ । त्यस्तै, नेपाल बैंकको ७३ दशमलव ६९ प्रतिशत, नेपाल एसबीआई बैंकको ७५ दशमलव ४९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ७७ दशमलव ५६ प्रतिशत, प्रभु बैंकको ७५ दशमलव ८४ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७८ दशमलव ७७ प्रतिशत, कृषि विकास बैंकको ७५ दशमलव ४३ प्रतिशत छ ।

त्यसैगरी, लक्ष्मी सनराइजको सीडी रेसियो ८० दशमलव ८० प्रतिशत, सानिमा बैंकको ८० दशमलव ९२ प्रतिशत, कुमारी बैंकको ८१ दशमलव ८० प्रतिशत, नबिलको ८२ दशमलव ४४ प्रतिशत, हिमालयन बैंकको ८२ दशमलव ७० प्रतिशत, एनआईसी एसिया बैंकको ८३ दशमलव शून्य ७ प्रतिशत, एभरेस्ट बैंकको ८३ दशमलव ५१ प्रतिशत, माछापुच्छ«ेको ८३ दशमलव ६० प्रतिशत र एनएमबी बैंकको ८३ दशमलव ६२ प्रतिशत छ ।

माघ मसान्तसम्म सिटिजन्स बैंकको ८४ दशमलव शून्य १ प्रतिशत सीडी रेसियो छ । यस्तै, सिद्धार्थ बैंकको ८५ दशमलव शून्य २ प्रतिशत सीडी रेसियो छ भने प्राइम कमर्सियलको सीडी रेसियो ८५ दशमलव ७७ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

निर्माण समय सकियो, बनेन शान्तिघाट–सिपखाना कालोपत्रे सडक