महोतरी । महोत्तरीको बर्दिबास नगरपालिकामा पर्ने टुटेश्वर सव डिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा २ जना पक्राऊ परेका छन् ।
पक्राऊ पर्नेमा हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाइन आयोजन ढल्केवरका कर्मचारी धनुषाको मिथिला बिहारी नगरपालिका–८ का कुलदिप यादव र लक्ष्मिनियाँ गाउँपालिका– ९ का चन्देश्वर यादव रहेको टुटेश्वर सव डिभिजन वन कार्यालयले जनाएको छ ।
हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाईन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृतिबिना टुटेश्वर सव डिभिजन वन क्षेत्रबाट ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षित रुखहरु कटान गरिरहेको अवस्थामा उनीहरुलाई टुटेश्वर सव डिभिजन वनकार्यालयबाट अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिगएको टोलीले ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षितरुखहरु कटान गरेको अवस्थामावन क्षेत्रबाट आईतबार नियन्त्रणमा लिएको हो ।
साल, सिमल, खयर प्रजातिका रुखहरु वन ऐन २०४९ का अनुसार रुखहरु कटान गर्न, ओसार पसार गर्न र निर्यात गर्न समेत प्रतिबन्धित छन । यी प्रजातिका रुखहरु अन्तरराष्ट्टिय प्राकृतिक संरक्षण सँघ आईयुसीएनको सूचिमा संरक्षित रुखहरु अन्तर्गत पर्दछन् । बर्दिबास नगरपालिकाको खयरमारा, माईस्थान, गौरीबास लगायतका क्षेत्रमायीप्रजातिका रुखहरु रहेको वन क्षेत्र छन् ।
पक्राऊ परेका दुवै जनालाई टुटेश्वर सव डिभिजन वन कार्यालयले वन मुद्दा अन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको वन अधिकृत विश्वकर्माले बताए ।






