आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायकहरूलाई दिनभरका लागि निष्कासित गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशीसहित १२ बिधायक निष्कानमा परेका हुन् ।

दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारवाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।

हालै भएको निर्वाचनपछि आजदेखि विधानसभाको अधिवेसन शुरु भएको थियो । निष्कासनमा परेपछि आम आदमी पार्टीका विधयाकहरुले विधानसभा बाहिर धर्ना दिदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई