कपिलवस्तु (तिलौराकोट) गोल्डकप : थ्री स्टारसँग हनामी पराजित

कपिलवस्तु । थ्री स्टार क्लबले दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। शुक्रवार भएको खेलमा, डिफेन्डिङ च्याम्पियन हनामी विएफसी चितवनलाई ४–२ गोलले टाई ब्रेकरमा हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल टाई ब्रेकरमा पुगेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६४ औँ मिनेटमा आशिस गुरुङले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। तर, ७६ औँ मिनेटमा अश्विन तामाङले गोल गर्दै हनामीलाई खेलमा फर्काए, र खेलको निर्णय टाई ब्रेकरबाट हुन पुग्यो।

टाई ब्रेकरमा थ्री स्टारका लागि मुकुन्द कुमार निउरी, गौरव महर्जन, आशिस गुरुङ र सुवित कार्कीले गोल गरे। हनामीका लागि भने नरेन्द्र चौधरी र आयुस मगरले मात्रै गोल गर्न सके। जय गुरुङ र दीपेश गुरुङका प्रहार थ्री स्टारका गोलरक्षक आशिस ठाडा मगरले ब्लक गरे।

हनामीका दुई प्रहारलाई रोक्दै थ्री स्टारको जितमा प्रमुख भूमिका निर्वाह गरेका आशिस ठाडा मगरलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो। उनले नगद १० हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे। अब थ्री स्टारले सेमिफाइनलमा आइतबार संकटा एफसीसंग प्रतिस्पर्धा गर्ने छ।

शनिवार जोन जी एफसी सिक्किम र नेपाल पुलिसबिच खेल हुने छ। प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम