विजयनगरमा दोस्रो अध्यक्ष कप प्रतियोगिता सुरु

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूलनाराका साथ शंकरपुर खेल मैदानमा अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरिएको छ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शनिबार प्रतियोगिताको उद्घाटन गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताए। अध्यक्ष थापाले यो प्रतियोगिता युवाहरूसँग खेलप्रति आकर्षण बढाउन मद्दत गरेको र वडागत रूपमा खेलाडीलाई सहभागी गराएर प्रतियोगिता सञ्चालन गरिएको उल्लेख गरे। यसले स्थानीय खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ । साथै, उनले समग्र गाउँपालिकाको पहिचान र खेल क्षेत्रमा विकास ल्याउने कुरामा विश्वास व्यक्त गरे।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले खेललाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। उनले खेलका नियम, पद्धति र विधि अनुसार प्रतियोगिता अघि बढाउन र सौहार्दपूर्ण वातावरण सिर्जना गर्न खेल व्यवस्थापन समिति र सहभागी खेलाडीलाई आग्रह गरे।

प्रतियोगितामा फुटबल, भलिबल र क्रिकेटका खेलहरू हुने छन ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध