दूधको मूल्यवृद्धि

पोखरा । दूधको मूल्यमा वृद्धि हुने भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपाल कास्कीले १ फागुनदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार अब प्रतिलिटर दूध १ सय २० रुपैयाँ हुनेछ । हाल १ सय १० रुपैयाँ छ ।

संस्थाका कोषाध्यक्ष वीरेन्द्र भण्डारीले दाना, चोकर, पराल लगायतका सामग्रीको मूल्य वृद्धि हुँदा दूधको मूल्य बढाउन बाध्य भएको बताए ।

समाजका अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा किसान र समाजका पदाधिकारीको भेलाले दानामा मूल्य बढ्दा दूधको मूल्य बढाउने निर्णय गरेको कोषाध्यक्ष भण्डारीले बताए ।

विभिन्न सरकारी निकायहरुलाई दानाको मूल्य वृद्धि भएको र किसानको समस्याका ’boutमा समेत अवगत गराएको भए पनि सुनुवाई नभए पछि किसानले उत्पादन गरेको दूध र यससम्बन्धी पदार्थको मूल्य बढाइएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गण्डकीमा सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने सहमति