सिन्धुली । श्रीमतीको हत्या गरेको आरोपमा सोमबार दुधौलीको कछुवाखाडीबाट एकजना पक्राउ परेका छन । दुधौली नगरपालिका वडा नं. ८ कछुवाखाडीका २२ वर्षिय दिनेश सदालाई आफ्नै श्रीमती हतया गरेको आरोपमा प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले श्रीमती १७ बर्षिया अनिसा सदाको घाँटी थिचि आइतबार राती हत्या गरेका थिए ।
आपसी मनमुटाबका कारण दिनेशले अनिसालाई भान्सा कोठामा लगि घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटनाको ’boutमा थप अनुसन्धान भई रहेको एसपी काफ्लेले बताए ।
सोमबार बिहान स्थानीयले प्रहरीलाई दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो । शवको पोष्टमार्टमका लागि नगर अस्पताल सिर्थौलीमा लगिएको र दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको काफ्लेल जानकारी दिए ।
दिनेश र अनिसाले १० महिना अघि प्रेम विवाह गरेका थिए । अनिसाको माईती दुधौली नगरपालिका ९ लालपुर भएको समेत प्रहरीले जानकारी दिएको छ ।






