इटहरी । कुनै बेला इटहरी रंगशाला ’round रहेका अग्ला घरहरूमा भीड हुन्थ्यो । रंगशाला पुग्नुअगावै मुख्य सडकबाटै चहलपहल र त्यहाँको भीडले उत्साहित बनाउँथ्यो । मोटरसाइकल र गाडी पार्किङका लागि निकै चुनौती हुन्थ्यो । जसकारण गोल्डकप सुरु हुनु करिब एक घण्टाअघि नै दर्शकहरू रंगशाला पुग्थे र केही समयमै प्यारापिट भरिन्थ्यो । दर्शक अटाउने ठाउँ नै नहुँदा रंगशाला ’roundका घरहरूमा भीडभाड बढ्थ्यो ।
इटहरीमा हुने ठूला गोल्डकपको समयमा यी दृश्य देखिए पनि अहिले भने यस्ता दृश्य इतिहासजस्तै भइसकेका छन् ।
३ देखि १० फागुनसम्म भएको १५औं अन्तर्राष्ट्रिय गोल्डकपमा मच्छिन्द्र फुटबल क्लबले मोरङको सगरमाथा युथ क्लबलाई पराजित गर्दै उपाधि चुम्यो । तर, अघिल्ला संस्करणहरूमा जस्तै यसपटक दर्शकको उपस्थिति भएन । दर्शकको न्यून उपस्थितिमै सकिएको प्रतियोगितामा यस वर्ष टिकटबाट करिब साढे ५ लाख रुपैयाँ मात्रै उठ्यो । अघिल्लो वर्ष भने टिकटबाट ११ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो ।
खासगरी इटहरी रंगशालामा एकैदिनमा ८ हजारभन्दा धेरै दर्शक अटाउन सक्छन् । यस वर्ष भने दैनिक हजारदेखि १ हजार ५ सय मात्रै दर्शक सहभागी भए । त्यो पनि टिकट नै काटेर सहभागी भएका दर्शक भने अझै कमै रहे ।
कोशी प्रदेश फुटबल संघका सहायक महासचिव केशव कार्की भन्छन्, ‘सहयोगीलाई पास दिनुपर्ने अवस्था र अन्य विभिन्न सहयोगीका प्रतिनिधिलाई रेस्पोन्स गर्दा टिकट नै काटेर सहभागी हुने दर्शक यसपटक निकै कम भए ।’
विगतको अवस्थाजस्तै दर्शकको चाम फर्किन निकै गाह्रो हुने उनले सुनाए । ‘अब हामीले दुईथरी वर्गलाई हेरेर प्रतियोगिताहरू आयोजना गर्नुपर्ने देखिन्छ,’ कार्की भन्छन्, ‘एकथरी दिउँसोको समयमा फुटबल हेर्ने हुन्छन् तर कतिपयले भने रात्रिकालीन पनि फुटबल हेर्न रुचाउँछन् ।’ उनका अनुसार दिउँसोको समयमा अधिकांश मानिस जागिरमा जाने र व्यापारीहरूले पनि सटर बन्द गरेर आउन नमिल्ने भएका कारण रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्दा दर्शकको मात्रामा केही सुधार हुनसक्ने अनुमान गरिएको छ ।
यता, विराटनगरमै सोमबारदेखि विराट गोल्डकप रात्रिकालीन सुरु भएको छ । खासगरी एन्फाले एकै समयमा खेल तालिका सार्वजनिक गर्दासमेत दर्शकको अभाव हुने गरेको उनको तर्क छ । ‘एन्फाले इटहरीलाई ३ गतेको मिति दिँदा त्यसको एक–दुई दिन अघिपछि नै अन्यत्र पनि अनुमति दिएको छ, खेलाडीहरू बिहान ३ बजे आइपुगेर ३ घण्टा नै सुतेर प्राक्टिस गरेपछि दिउँसोको समयमा प्रतियोगिताका लागि तयार भएका छन्,’ कार्कीले भने, ‘यस’bout एन्फाले विचार गर्नुपर्छ, मोफसलमा हुने प्रतियोगिताहरू एक वर्षमा एकपटक अलिक व्यवस्थित ढंगले गर्नका लागि एन्फाले चासो देखाउनुपर्छ ।’
एउटा प्रतियोगितामा कम्तीमा एक साताको समय अनिवार्य आवश्यक पर्ने भएकाले त्यस अवधिमा अन्यत्र प्रतियोगिता राख्न उनको सुझाव छ । दर्शक घट्नुको अर्को कारण भनेको खेलाडीहरू मोफसलका स–साना प्रतियोगितामा पनि गएर खेल्नु हो ।
‘खेलाडीहरूको नाम बिक्री हुन छाड्यो, पहिलेपहिले खेलाडीहरू स्ट्यान्डर्ड मेन्टेन गरेर खेल्थे, अहिले ससाना प्रतियोगितामा पनि खेल्ने गरेकाले दर्शकहरू खर्च गरेर ठूला प्रतियोगितामा आउँदैनन्,’ कोशी प्रदेश फुटबल संघका सहायक महासचिव कार्कीले भने, ‘आर्थिक मन्दीका कारण खेलाडीहरूले साना गोल्डकप खेल्नुपर्ने बाध्यता एकातिर छ तर अर्कोतिर भने अहिले पनि अधिकांश दर्शकले मनाङ–मस्र्याङ्दी, थ्रीस्टार र आर्मीजस्ता टिम रुचाइरहेका छन् ।’
इटहरी गोल्डकपको आयोजक राष्ट्रिय जागृति क्लब (राजा)का अध्यक्ष सन्त डुम्जनका अनुसार यस वर्ष अघिल्ला संस्करणभन्दा झन्डै ८० प्रतिशतले दर्शक घटेका छन् । ‘समयको अभावले पनि दिउँसो मानिसहरू व्यस्त भए, कतिपय ठाउँमा एकैपटक प्रतियोगिता भयो,’ डुम्जनले भने, ‘यस वर्ष टिकट काटेर सहभागी हुने दर्शक झन्डै ८० प्रतिशतले घटेका छन् ।’
दर्शक सहभागी अपेक्षा गरेभन्दा पनि कम भएको उनले सुनाए । प्रतियोगिताको क्वार्टरफाइनलका चार खेलमा सय, सेमिफाइनलका दुई खेलमा २ सय र फाइनल खेलमा टिकटदर ३ सय रुपैयाँ कायम गरिएको थियो ।
व्यवस्थापनको जिम्मेवारी लिएका जिम्मेवार निकायले रंगशाला व्यवस्थित नगर्दा पनि समस्या हुने गरेको छ । शौचालयमा पानी नहुनु, आयोजकले विभिन्न बहानामा दर्शकलाई उपेक्षा गर्नुजस्ता कारणले पनि दर्शक घटेको हुनसक्ने जानकारहरू बताउँछन् ।
प्रतियोगिताका समयमा दशर्कदीर्घाबाट सुनिँदै थियो– ‘दर्शक आउने कारण घट्दै जानु भनेको अधिकांश युवापुस्ता र खेलप्रेमीहरू विदेश गएका छन्, खेलाडीहरू पनि भिसा पाए विदेश नै जाने सोचमा छन्, पछिल्लो समय अर्थतन्त्र समस्याका कारण मानिस मनोरञ्जनमा होइन, दैनिकी समस्या टार्नमा केन्द्रित छन् ।’
जवाफमा आउँथ्यो– ‘आयोजकले राम्ररी प्रचारप्रसार गर्न नसक्नु र स्टेडियममा दर्शकका लागि बस्ने व्यवस्था, सरसफाइजस्ता कुराहरूको कमजोरीले पनि दर्शक घटेको अनुमान गर्न सकिन्छ ।’
खासगरी खेल’bout जानकारहरूका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका विभिन्न स्थानमा एकैपटक फुटबल प्रतियोगिताको अनुमति दिएका कारण पनि दर्शकको अभाव हुने गरेको छ ।
इटहरी रंगशालामा भएको १५औं संस्करणको फुटबल प्रतियोगिता र धरान रंगशालामा भएको २५औं बुढासुब्बा गोल्डकपको मिति एक साता मात्रै अघिपछि थियो । त्यसकारण पनि एक सहरबाट अर्को सहरमा फुटबल हेर्न जाने दर्शकको अभाव हुने गरेको छ । क्लबहरूको छनोट र खेलाडी पनि एकै समूह हुने गरेका कारण दर्शकको रुचि फुटबलमा भए पनि रंगशालामै पुग्न छाडेको अधिकांशको टिप्पणी छ ।
नेपाली फुटबल क्लबहरू र राष्ट्रिय टिमको प्रदर्शन अपेक्षाकृत राम्रो नभएकाले दर्शकको उत्साहमा कमी आउनु, खेलहरू राम्रोसँग प्रचार नहुँदा दर्शकलाई जानकारी नै नहुनु र राम्रो व्यवस्थापन भएका क्लबहरू कम भएकाले समर्थकले लामो समयसम्म कुनै टिमलाई समर्थन गर्न गाह्रो हुनुजस्ता कारणले पनि रंगशालाहरू दर्शकहरूकै बाटो हेरिरहेको हुनसक्ने जानकारहरू बताउँछन् ।
पूर्वराष्ट्रिय खेलाडीले नाम नखुलाउने सर्तमा भने, ‘खेलाडी पलायन भए भन्ने प्रचारका कारण पनि प्रतियोगिता दर्शकको मर्कामा पर्ने गरेको छ ।’
उनका अनुसार एन्फाले खेलाडीहरूलाई कुन क्लबमा समावेश गराउने भन्ने यकिन भइनसकेका कारण पनि खेलाडी अन्योल छन् । ‘अहिले कुनै क्लबमा, कुनै खेलाडी छैनन्, टिममा पनि छैनन्,’ उनले भने, ‘आज एउटा क्लबबाट खेलेको खेलाडी भोलि अर्कै क्लबबाट पनि खेल्छ, त्यसकारण दर्शकमा कुनै टिमप्रति भरोसा भएन ।’
खासगरी कोशी प्रदेशमा सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरलगायतका जिल्लामा धेरै प्रतियोगिता सञ्चालन भएका कारण खेलाडीलाई रातारात खेल्नुपर्ने बाध्यता भएकाले राम्ररी प्रदर्शन गर्न नसकेका कारण पनि दर्शकले कम रुचाएको उनको तर्क छ । ‘राम्रा खेलाडी कुन टिमबाट खेल्छन् भन्ने नै भएन, कहिले कुन र कहिले कुन टिमबाट खेल्ने हुँदा दर्शकले पत्याएनन्,’ ती पूर्वराष्ट्रिय खेलाडीले भने, ‘एकैपटक प्रतियोगिता पनि धेरै हुनु र टिम र खेलाडी एकै हुँदासमेत दर्शक अभाव भएको हुनसक्छ, खासमा भन्ने हो भने प्रतियोगिता असाध्यै धेरै भए अनि एकैपटक भए ।’






