कपिलवस्तु (तिलौराकोट) गोल्डकप : जोङ्ग्री एफसी सिक्किम पराजित

कपिलवस्तु । विमल घर्ती मगरको एक शानदार गोलको मद्दतले मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले जोङ्ग्री एफसी सिक्किमलाई १−० गोलले पराजित गर्दै फाइनलमा थ्री स्टार एफसीसँगको भेट पक्का गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएपछि, दोस्रो हाफमा विमल घर्ती मगरले ५३ औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। सिक्किमले गोल फर्काउन नसकेपछि, विमलको गोल नै मछिन्द्रको फाइनल यात्रा तय गराउने निर्णायक गोल बन्यो।

मछिन्द्रका कप्तान विमल घर्ती मगरलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ। उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार एफसीले संकटा एफसीलाई १−० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब बुधवार दिउँसो ३ बजे, मच्छिन्द्र र थ्री स्टार बिच उपाधिका लागि भिडन्त हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिएका छन्।

यस प्रतियोगिताको उपाधि जित्ने टिमले ११ लाख ११ हजार १११ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, दोस्रो हुने टिमलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

गगनलाई देउवाले भने: ‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’