रारा घुम्न आएको पर्यटकको लेक लागेर मृत्यु

मुगु । नेपाल कै प्रमुख पर्यटकिय स्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ ।

रारा घुम्न आएका धुलिखेल नगरपालिका वडा न १० काव्रेपलान्चोक जिल्ला स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमवार विहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी गराए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार मृतक विश्वकर्मा आइतवार राती ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँचपछि शरिरमा अक्सिजनको कमी छ, आजको रात यतै अस्पताल भर्ना हुनुस् भन्दा मान्नु भएन चेकजाँचपछि सल्लेरी फर्कएको तर सोमबार विहान ६ बजे तिर उहालाई साथिहरुले एम्बुलेन्समा लिएर आएको, अस्पताल पुग्दा उनको मृत्यु भैसकेको थियो । चिकित्सक टोलीले ८ बजे मृत घोषणा गरेको थियो ।

उनमा मोटोपन थियो, दमको पनि दिर्घरोगी पनि हुनुहुदो रैछ हिमपात भएको बेला, चिसो मौसम, उच्च हिमाली भुभागमा अक्सिजनको कमिको कारण लेक लागेर काडियो प्रमोनरी एरेष्ट हुदा उनको मृत्यु भएको पनि चिकित्सक शाहिले बताए ।

आइतवार मात्र मृतक विश्वकर्मा सहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेका थिए । मृतक विश्वकर्माको लासलाई घर लिनेकी छोरा, छोरी वा श्रीमतिलाइ यतै बोलाएर दाहसस्कार गर्ने साथमा आएका साथीहरुले सल्लाह गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग