मुगु । आउदो चैत्र सात गतेदेखि हुने एसईई परीक्षा २०८१ मा मुगु जिल्लाबाट ९४६ विधाथी सहभागी हुने बताइएको छ । शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त इकाइ प्रमुख खड्कराज भियालले दिएको जानकारी अनुसार आगामी चैत ७ देखि १९ गतेसम्म चल्ने एसईई परिक्षामा मुगु जिल्लाबाट ९४६ जना विधाथीहरु सहभागी हुने छन् ।
परीक्षा सन्चालनका लागि चारवटा स्थानिय तहका ८ वटा माध्यामिक विधालयलाई परीक्षा केन्द्र तोकिएको छ । जस अनुसार सोरु गाउपालिकामा भवानी मावी पुरुमुरु, विजय मावी कालै, खत्याड गाउपालिकामा कालिका मावी बुगा, लोकप्रिय मावि गम्था, महादेव मष्टा मावी रातापानी,छायानाथ रारा नगरपालिकामा महाकाली नमुना मावी गमगढी,कर्णाली मावी टोप्ला र मुगुम कार्मारोङ्ग गाउपालिकामा नेपाल राष्ट्रिय आवाशिय मावी पुलु रहेका छन् ।
पालिका अनुसार परिक्षामा सहभागी हुने विधार्थी सख्यालार्इ हेर्दा सोरु गाउँपालिकाबाट १९९ जना खत्याड गाउँपालिकाबाट ४०८ जना, छायानाथ रारा नगरपालिकाबाट २५९ जना र मुगम कार्मारोङ्ग गाउँपालिकाबाट ८० जनाले यो वर्षको एसईई परीक्षा दिनेछन ।
यो परिक्षामा नियमित तर्फ ४१६ छात्र ३६९ छात्रा गरि ७८५ जना र ग्रेट वृद्धिका लागि ६७ छात्र ९४ छात्रा गरि १६१ जना विधाथी रहेका छन । एईई दिने विधाथी मध्य ५७ जना नियमित ९ जना ग्रेडवृद्धि गरी ६६ जना प्राविधिक धारतर्फ विधाथी रहेको पनि निमित्त इकाइ प्रमुख भियालले जानकारी दिए ।
उहाका अनुसार गत वर्षको एसईईमा ११०९ जना विधाथी सहभागी थिए तर यो वर्ष घटेर ९४६ जना सहभागी हुदैछन । विधालयमा नियमिता हेर्नू,नियमित स्थानिय तह,समन्वय इकाइले शैक्षिक अनुगमन गर्नु,कक्षा ८ र ९ का परिक्षामा कडाइ गर्नु जस्ता कारणले गत वर्ष भन्दा यो वर्ष एसईईमा मुगुबाट सहभागी हुने विधाथी घटेको इकाइ प्रमुख खड्कराज भियालले बताए ।






