स्याङ्जा । स्याङ्जामा कुकुरहरुको संख्यामा बृद्धि भएपछि पालिकाहरुले बन्ध्याकरण अभियान शुरु गरेका छन् । सामुदायीक कुकुरहरुबाट रेविज संक्रमण र दुर्घट्ना बढ्न थालेपछि पालिकाहरुले बन्ध्यकरण अभियान शुरु गरेका हुन् । चापाकोट नगरपालिका स्याङ्जा र भेटनरी अस्पताल, पशु सेवा कार्यालय स्याङ्जाको विज्ञ समुहको सहयोगमा चापाकोटमा २ सय ५० कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँणले बताए ।
शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरे पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको उनको भनाइ थियो । यस शिविरले सामुदायिक कुकुरहरुको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनकरण हुनेमा विश्वास लिइएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमले बताए ।
३ दिने शिविर बाट घरमा पालेका बुढो र विरामी भए पछि बाटो र बजार क्षेत्रमा छाडा छोडिएका कुकुर नियन्त्रण गरेपछी सडक दुर्घटनामा समेत न्युनिकरण हुने उद्योग वाणिज्य संघ चापाकोटका अध्यक्ष निर्मल राना मगरले बताए । चापाकोटका बजार क्षेत्रका झण्डै २ सय ३० ओटा कुकुरको बन्ध्याकरण गरिएको छ । यो कार्यक्रम निरन्तर चलिरहने नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा छाडिएका कुकुरका कारण दुर्घट्ना हुने र रेविज संक्रमण समेत हुन सक्ने भएपछि नगरपालिकाले कुकुरको बन्ध्यकरण गर्ने क्रम अगाडी बढाएको हो ।






