नवलपरासीमा जंगली च्याउ खाएर ७ जना गम्भीर विरामी

नवलपुर । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । जंगल गएर च्याउ ल्याएर खाँदा विनयी त्रिवेणी गाउँपालिका ४ सानो सिद्रेका एकै परिवारका ३ जनासहित ७ जना विरामी परेको विनयी त्रिवेणी ४ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारीले बताए ।

७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचारपछि घर फर्किएका छन् भने ४ जना गम्भीर विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४, सानो सिद्रे निवासी १८ बर्षीय पुरुषोत्तम भण्डारी, २३ बर्षीय सुनिता भण्डारी, ११ बर्षीया पुनम भण्डारी र १४ बर्षीय पविन रिजाल गम्भीर विरामी भएका हुन् ।

४ जनलााई राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर रहेको छ । लकडाउनका कारण नवलपरासीमा अहिले जंगलमा पाइने च्याउ, निउरो, गिठ्ठा लगायतका जंगलमा पाइने तरकारी खोज्ने जाने र खाने क्रम बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध