काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार ३ वटा बैंकले भने व्याजदर घटाएका छन् । फागुन महिनामा औसत ६ दशमलव शून्य १ प्रतिशत रहेको ब्याजदर चैत महिनाका लागि घटेर ५ दशमलव ९३ प्रतिशतमा झरेको छ ।
चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेको १६ बैंकमध्ये १३ बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
तथ्यांकअनुसार नेपाल बैंक, लक्ष्मी सनराइज र हिमालयन बैंकले ब्याजदर घटाएका छन् । नेपाल बैंकले व्यक्तिगत मद्दती निक्षेपको अधिकतम ब्याजदर दशमलव १ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, हिमालयन बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर दशमलव ७५ प्रतिशत बिन्दुले घटाएको छ ।
यसैगरी कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर दशमलव १ प्रतिशत बिन्दुले बढाएको छ ।
चैतमा वाणिज्य बैंकको ब्याजदर औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव शून्य १ थियो ।
बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा एनआईसी एसिया बैंकले सबैभन्दा बढी ब्याज दिने देखिएको छ । सो बैंकले ६ दशमलव ६ प्रतिशत ब्याजदर कायम गरेको छ । अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशतमाथि ब्याज पाइने भएको छ ।
मुद्दती निक्षेपको अधिकतम ब्याजदर एनआईसी एसिया बैंक र एनएमबी बैंकको रहेको छ । एनआईसी र एनएमबीले चैत महिनाको लागि ६ दशमलव ६ प्रतिशत ब्याजदर तोकिएको छ । त्यस्तै, न्यूनतम ब्याजदर लक्ष्मी सनराइज बैंकको ४ दशमलव ७५ प्रतिशत रहेको छ । लक्ष्मी सनराइजले फागुन महिनाको तुलनामा ब्याजदर घटाएको हो । त्यसैगरी हिमालयन बैंक र नेपाल बैंकले दुवैले ब्याजदर घटाएर ५ दशमलव ५ प्रतिशत कायम गरेका छन् ।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्स बैंकको ६ दशमलव २५ प्रतिशत, सानिमा बैंकको ६ दशमलव शून्य ५ प्रतिशत, प्रभु बैंकको ६ दशमलव १ प्रतिशत, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र माच्छापुच्रे बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
प्राइम कमर्सियल बैंक ६ दशमलव २५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ६ दशमलव ५ प्रतिशत, एभरेस्ट बैंक ६ प्रतिशत, नबिल बैंक ५ दशमलव ७५ प्रतिशत, कुमारी बैंक ५ दशमलव ८१ प्रतिशत, नेपाल एसबीआई बैंक ५ दशमलव ५ प्रतिशत, कृषि विकास बैंकले ५ दशमलव ५१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले चैत महिनाका लागि ६ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
एभरेस्ट बैंकले दशमलव शून्य ५ प्रतिशत बिन्दुले बढाउनु र दशमलव शून्य १ प्रतिशत बिन्दुले घटाउनुबाहेक अन्य बैंकको ब्याजदर स्थिर छ । यो खातामा सबैभन्दा कम ३ प्रतिशत र सबैभन्दा धेरै ३ दशमलव १ प्रतिशत ब्याजदर तोकिएको छ ।
व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ । त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ । ब्याजदर बढाएका बैंकमध्ये कुमारी बैंकले दशमलव १ प्रतिशत बिन्दु, एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान दशमलव २५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले दशमलव ५, सानिमा बैंकले दशमलव ३ र नेपाल बैंकले दशमलव २ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीनवटाले घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक र एनआईसी एसिया बैंकले दशमलव २५ र कुमारी बैंकले दशमलव २६ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, हिमालयन बैंकले दशमलव २५, लक्ष्मी सनराइज बैंकको दशमलव ५ र सिटिजन्स बैंकले दशमलव ६५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।
सम्बन्धित समाचार











