अपार भीड र ज्ञानेन्द्रका अपार लीला !

नेपालमा राजा भन्ने शब्द अनायासै चर्चाको चुलीमा पुगेको छ । गत २५ फागुनका दिन त्रिभुवन विमानस्थलदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको महाराजगन्जस्थित निवाससम्मको अत्यन्तै रोचक जात्रापछि त राजभक्तहरू निकै नै हौसिएका छन् । मृत्यु शैय्यामा रहेको मरणासन्न व्यक्तिको श्वासप्रश्वास थोरै सुध्रेको अनुभव हुँदा पनि निकट नातेदार शुभेच्छुकहरू उत्साहित हुन्छन् भने एउटा सम्पूर्ण रूपमा परित्यक्त व्यक्तिका वर पर ८–१० हजारको भीडले जयजयकार गर्दै गरेको दृश्यले परमभक्त सेवकहरू अति उत्साहित हुनु अचम्म हुँदै होइन । झन् ‘प्राणभन्दा प्यारो छ’ भन्ने नारा सुन्दा त हृदय रोमाञ्चित हुनु कुन अनौठो भयो र ! हुन त मैले ८–१० हजार संख्या किट्दा तत्कालै उग्र प्रतिक्रिया आउन सक्छ । २५ फागुनको जात्रामा ज्ञानेन्द्र शाहकै शैलीमा गाडीको रुफटप खोलेर हात हल्लाउँदै नाच्दै झुम्दै हिँडेका शाहका भावी युवराज हुन् कि प्रमुख सेनापति हुन्, यकिन हुन बाँकी दुर्गा प्रसाईजीको भनाइ सुनिसकेपछि मैले उग्र प्रतिक्रियाको अपेक्षा गरेको हुँ । उनी भन्दै थिए, ‘१२–१३ हजार मानिस (उनले भने मुताविक प्रहरीको रेकर्डअनुसार) सडकमा आएका कारण गणतन्त्र आएको हो, अहिले त आठदेखि १० लाख मानिस आएका छन् ।’ अब त्यत्रा महान् व्यक्तित्वले आठदेखि १० लाख भनेर आकलन गरेका ठाउँमा मैले ८–१० हजार भनिदिँदा ममाथि भक्तजनहरूको बज्र प्रहार हुनु स्वाभाविक हो ।

नचाहँदानचाहँदै पनि संख्याको कुरा एकैक्षण गर्नैपर्ने भयो । काठमाडौंको खुलामञ्च त सबैले देख्नुभएकै छ । खुलामञ्च क्षेत्रमा पुस्तकालयको ¥याकमा किताब चाङ मिलाएर राखेको शैलीमा मानिस उभिने हो भने अर्थात् हल्लिनै नमिल्नेगरी मानिस उभिने हो भने ३२ हजारसम्म मानिस समेटिन सक्छन् । ती मानिसले जुलुसको रूप लियो भने पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै माइतिघरसम्म पुग्छ । जुलुस हिँड्न थाल्यो भने खुकुलिन्छ र आर्कब्रिज बिजुलीबजार पुग्छ । एक बिन्दुमा उभिएर त्यस जुलुसलाई हेर्ने हो भने कम्तीमा आधा घण्टा लाग्छ । अब भन्नोस् त्यस दिन ३२ हजारको आधा मानिस थिए र ? अझ अर्को तरिकाले बुझौं । एक रोपनी जग्गा अर्थात् ५ हजार ४ सय ७६ वर्गफिट जग्गामा खचाखच मानिस उभियो भने कति अट्लान् ? बढीमा हजारभन्दा अट्लान् त ? त्रिभुवन विमानस्थलको गेट क्षेत्र र त्यसको सिधा पश्चिमतर्फको सडकको क्षेत्रफल कति होला ? के त्यो क्षेत्र सय फिट गुणा २ सय फिट अर्थात् २० हजार वर्गफिटभन्दा बढी छ र ? भैगो, २५ हजार वर्गफिट वा अझ ५ रोपनी जमिन नै मानिलिऊँ । अत्यन्तै उदारतापूर्वक गणना गर्दा त्यहाँ ५ हजार मानिस जम्मा भएका थिए । सडकको दक्षिण अर्थात् अन्तर्राष्ट्रिय आगमनतर्फ ५ हजार मानिस रहेछन् र तिलगंगातर्फ ५ हजार रहेछन् भने कति मानिस भए ? १५ हजार होइन ? वास्तविकता के हो भने झन्डै २ हजार मोटरसाइकलको लर्कोमा ४ हजार मानिस, गाडीहरूमा कोच्चिएर १ हजार मानिस र ५ हजारको हाराहारीमा पैदल मानिस जात्रामा हिँडेका थिए ।

बेकारको संख्यामा अलमलियो । दुर्गा प्रसाईं आदि इत्यादिलाई ८–१० लाख लागेको रहेछ भने कसैको केही लाग्दैन । त्यहाँ जे जति संख्या भए पनि त्यस संख्याले विद्यमान संविधानलाई च्यातेर नेपालमा ज्ञानेन्द्रको सर्वोच्चता स्विकार्ने राजसंस्था स्थापित होला त ? महत्वपूर्ण कुराचाहिँ यो हो । त्यति संख्याको प्रदर्शनले यत्रो परिवर्तन आउने भए चाहिँ ज्ञानेन्द्र पक्कै राजा बन्नेछन् । तर, अर्को सात दिनमा अर्को राजालाई ल्याउनुपर्ने हुन्छ । २५ फागुनभन्दा अलि मात्र भए पनि ठूलो संख्या प्रदर्शन गर्ने हो भने त्यस व्यक्तिलाई स्थापित गर्नै परेन त ? विश्वास गर्नोस्, प्रतिनिधिसभामा १ सिट भएका नारायणमान बिजुक्छेजीले आवश्यक प¥यो भने २५ फागुनभन्दा ठूलो प्रदर्शन कुनैबेला पनि गर्न सक्छन् † के अब यस्तैयस्तै ढंगले हरेक साता राजा फेरिरहने ? बिर्सन नमिल्ने यथार्थ के हो भने नेपालका प्रत्येकजसो राजनीतिक दलले यसभन्दा ठुलै प्रदर्शन गर्ने क्षमता राख्छन् ।

अब संख्याको कुरा छोडौं । उनको भक्तिमा सडकमा ओर्लिएको भीडलाई ‘अपार’ नै मानिदिऊँ । उनको लीला नै अपार छ, अपरम्पार छ । सायद लीलाधर विष्णुको अवतार भएर पो हो कि ? किन चाहियो त राजा भनेर प्रश्न गरियो भने तत्काल जवाफ आउँछ– मुलुकमा व्याप्त बेथिति रोक्न † के उनी ‘दाजुजस्तो नोबोल्ने र नसुन्ने’ राजा नभएर सक्रिय राजा बन्ने हो ? तर, उनका नन्दी, भृंगी र विषमज्वर सेनाले त संवैधानिक राजा बनाउने भन्छन् । संवैधानिक राजा त बोल्दैनन् नि † श्री ३ महाराज मोहनशमशेरका नाति ज्ञानेन्द्र शाहका परमभक्त पशुपतिशमशेर त शृंगारका लागि मात्र राजा राख्ने भन्छन् † बुझिनसक्नु छ । सायद लीलाधर प्रभु लीला गरिबक्सँदै छ । प्रभुको लीला अपार छ, अपरम्पार छ ।

किन चाहियो राजा भनेर सोधियो भने तत्काल आउने अर्को एउटा जवाफ हो– भ्रष्टाचारीहरूलाई ठेगान लगाउन । वास्तवमा अत्यन्तै मन छुने कुरो छ । भ्रष्टाचारीलाई ठेगान लगाउनैपर्छ । यहाँनेर एउटा धेरै पुरानो सत्य घटनामा आधारित कथा सुनाउन चाहन्छु । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले नेपाली झन्डायुक्त पानीजहाज चलाउन चाहेका थिए । उनले त्यस्तो प्रयास दुईपटक गरे– पहिलोपटक २०२६÷२७ सालमा र दोस्रोपटक २०३४ सालमा । उनको दोस्रोपटकको प्रयासका ’boutमा तत्कालीन अर्थमन्त्री भेषबहादुर थापाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । २०३४ साले प्रयासका लागि खोलिएको कम्पनीमा त उनी आफंै अध्यक्ष थिए क्या र † युगान्डाबाट लखेटिएका कुनै भारतीय मूलका व्यापारीको कालो धन प्रयोग गरेर कालो धन भित्याउन खोज्दा र नेपाल सरकारलाई अनावश्यक दायित्वमा फसाउन खोज्दा त्यो प्रयास असफल भएको बुझिन्छ । २०२६÷२७ सालमा अर्थात् राजा महेन्द्रकै शासनकालमा रोयल नेपाल सिपिङ कर्पोरेसन नाम गरेको संस्था अस्तित्वमा आयो । त्यसको हर्ताकर्ताका रूपमा रविशमशेर राणाको नाम बताइयो । तर, मूल व्यक्तिचाहिँ तत्कालीन युवा अधिराजकुमार ज्ञानेन्द्र नै थिए । त्यो पानीजहाज प्रकरणको अन्तर्यको कथा बेग्लै छ । म आज यससँग सम्बन्धित एउटा सानो किनाराको कथा अर्थात् साइड स्टोरी मात्र भन्दै छु ।

रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापनाको लगत्तै योजनाअनुसार काम के–के भए ? त्यसको नालीबेली लामै होला । जहाज कम्पनीले आकर्षक तलब भत्तासहित ठूलो संख्यामा कर्मचारीलाई रोजगारी दिने भयो भन्ने सुनियो । सामान्यतया जहाजमा काम गर्ने कामदारको तलब सुविधा सामान्यभन्दा धेरै हुन्छ नै । केही दिनमा आवेदनका लागि आह्वान भयो । काठमाडौंको जमलतिर एउटा कार्यालय पनि खोलिएको थियो । दरखास्त फाराम वितरण गरियो र प्रत्येक फारामको शुल्क सय रुपैयाँ तोकिएको थियो । हजारौं नेपालीको भीड लाग्यो । झन्डै एक महिना प्रत्येक दिन औसतमा हजार फाराम वितरण र संकलन हुन्थ्यो । त्यसबेलाको अनौपचारिक हल्लाअनुसार ३० हजारभन्दा बढी दरखास्त परेको थियो । प्रत्येक फारामको सय रुपैयाँका दरले ३० हजार फारामको जम्मा ३० लाखको हाराहारीमा रकम संकलन गरियो । आजका हिसाबले ३० लाखको रकम ठूलो नठानिएला † तर हेक्का रहोस्, त्यस समय एक तोला सुन ३ सय रुपैयाँमा पाइन्थ्यो । अर्को शब्दमा भन्ने हो भने १० हजार तोला सुनबराबरको रकम फाराम शुल्क भनेर उठाइएको थियो । आजको मूल्य अर्थात् १ लाख ७० हजार प्रतितोलाका हिसाबले सो रकम आजकै मूल्यमा १ अर्ब ७० करोड रुपैयाँ हो । यत्रो हिसाब किताब किन गरिएको हो भने त्यो कम्पनी केही समयमा गायब भयो । एक जनाले पनि जागिर पाएनन् र दरखास्तबापत बुझाएको रकम कसैलाई पनि फिर्ता दिइएन । कसैले पनि प्रश्नसम्म गर्न सकेनन् वा आँट गरेनन् ।

राजा महेन्द्रका शक्तिशाली माहिला छोरा संलग्न संस्थाका ’boutमा बोल्नु भनेको त अर्को आपत् निम्त्याउनु हुन्थ्यो † यो काण्ड त वास्तवमा सामान्य भ्रष्टाचारभन्दा धेरै माथि सामान्य गरिब बेरोजगार जनतामाथिको अन्याय थियो, पुरै ठगी थियो । वास्तवमै ज्ञानेन्द्रको भक्तिमा उर्लेको भीड अपार नै हो । उनका लीलाका कथाहरू पनि अपार छन् र अपरम्पार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 512 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता