चलचित्र डोरीको ट्रेलरमा हरर कथा

काठमाडौं । नेपाली चलचित्र ’डोरी’को ट्रेलर आइतबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । १५ चैतमा रिलिज यो चलचित्र हरर जनरामा निर्माण भएको छ ।

ट्रेलर रिलिज समारोहमा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी, संगीतकार तथा गायक राजनराज सिवाकोटी लगायतले चलचित्रमा काम गर्दाको अनुभव सुनाए ।

ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् । निर्देशक अरुण लामाले ट्रेलर रिलिज समारोहमा बोल्दै थ्रिल र हररलाई दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो तरिकाले राखिएको बताए ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने