राउटे शिशुको मृत्यु

सांकेतिक तस्बिर ।

दैलेख । गएराति राउटे समुदायका २ महिने शिशुको मृत्यु भएको छ । बलबहादुर शाहीका २ महिनाका छोरा रानीघाट शाहीको मृत्यु भएको हो ।

आमा बाबुले मदिरा पिउने र बालकको राम्रोसँग स्याहार सम्भार र हेरचाह नगरेका कारण बालकको मृत्यु भएको सोसेक नेपालबाट सञ्चालित राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले टेलिफोनबाट जानकारी दिए । उनले भने, ‘चेकजाँच गर्दा बच्चामा कुनै विराम देखिएको थिएन । आमा बाबु मदिरा पिएर मस्त हुने समयमा बच्चालाई समयमा बच्चाले दुध नपाउँदा, हेरचाह नहुँदा मृत्यु भएको हो ।’

१३७ जनाको संख्यामा रहेको यो समुदाय बालकको मृत्युसँग १३६ जनसंख्यामा झरेको छ । पछिल्लो समय राउटे समुदायमा दिन प्रतिदिन मदिराकै कारण मृत्युदर बढिरहेको छ । जन्मदर कम हुँदै गएको स्वास्थ्यकर्मी विसीले बताए । यो समुदाय आजभोली दुई समुहमा विभाजन भएको छ ।

एक समुह वराहताल गाउँपालिका–६ सोतखोलाको जंगलमा बसोबास गरिरहेको छ भने अर्को समुह विरेन्द्र नगरनगरपालिका–२ गिरीघाटको जंगलमा बसोबास बसोबास गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित