नेताहरू सच्चिने वा सकिने ?

अहिले मुलुकमा विभिन्न राजनितिक दलहरूले राजनीतिक सिद्धान्त वा वादहरूको शब्दजालमा नेपाली समाजलाई भ्रमित पारिरहेको अवस्था छ । देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले सिद्धान्ततः प्रजातन्त्र, राष्ट्रियता र समाजवादको वकालत गर्छ । प्रजातन्त्रका लागि इतिहासका विभिन्न कालखण्डमा नेतृत्व गरेको नेपाली कांग्रेसले गणेशमान र कृष्णप्रसाद भट्टराईको अन्त्यसँगै उल्लिखित वादलाई व्यवहारमा लागू गर्न नसकेको व्यापक जनगुनासो छ । कांग्रेसमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा आएपछि यो दल स्वार्थगत समूहमा विभाजित भएको अवस्था छ ।

अहिले नेपाली कांग्रेसका नेताहरूले गुटगत राजनीति गरिरहेका छन् । कांग्रेसले जनअपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो व्याप्त छ । दलभित्र शेरबहादुर देउवाको उमेर र चिन्तनले यो दल गतिशील बन्न सकेन भन्ने छ । नेपाली कांग्रेसलाई गतिशील बनाउनका लागि अब कांग्रेसमा भएका क्षमतावान् व्यक्तिलाई सत्ता पुस्तान्तरण गर्न विलम्ब गर्नु हुँदैन भन्नेको संख्या ठूलो छ । नेपाली कांग्रेस पुरानो तथा परिपक्व दल भएकाले यो दलमा क्षमतावान् युवा नेताहरू छन् । यस सन्दर्भमा विकास, सुशासन र जनचाहनाअनुरूपको काम गर्न सक्ने सक्षम नेताको हातमा कांग्रेसको नेतृत्व पुस्तान्तरण गर्नुपर्छ । यसो गर्न नसकेमा कांग्रेसले जनताको भावनाअनुरूप आपूmलाई रूपान्तरण नसकेको ठहर्नेछ ।

अब प्रश्न उठ्छ कि कांग्रेस सच्चिने भनेको के हो ? यो दलबाट जनताले के अपेक्षा गरेका छन् ? कांग्रेस कस्तो दल बनोस् भन्ने जनताको चाहना छ त ? भन्ने जवाफको सवाल सजिलो छ । सर्वप्रथमतः कांग्रेसले समयमै महाअधिवेशन गरी सक्षम नेतृत्व चयन गर्नुपर्छ । कांग्रेसमा लामो जीवन अर्पण गरेका दर्जनौंको संख्यामा नेता छन् । देशलाई नेताहरू समस्या होइन, सक्षम नेतृत्वको समस्या हो । देशलाई बदल्न सक्ने योग्यता, क्षमता, विकासको भिजन, मिसन र एक्सन भएको नेतृत्व दिनु नै कांग्रेस सच्चिनु हो । यसैगरी पार्टीभित्र मौलाएको गुटगत राजनीतिलाई समाप्त पार्नुपर्छ । प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई समयानुकूल बनाएर सिद्धान्त र कार्यशैलीमा एकरूपता ल्याउनुपर्छ । अहिले राजनीतिक रूपमा अनावश्यक रहेको प्रदेश सरकारका ’boutमा व्यापक जनअसन्तुष्टि छ । जनताको यो असन्तोषलाई सम्बोधन गर्न कांग्रेसले पहलकदमी लिनुपर्छ । कांग्रेस आगामी दिनमा सत्ताका लागि कम्युनिस्टहरूसँग सत्ता गठबन्धन गर्ने होइन, आप्mनै बलबुतामा जनताको चाहनाअनुसार काम गर्नुपर्छ ।

अब कुरा गरौं, एमालेको । नेपालको राजनीतिक परिवर्तनमा एमालेले पनि एउटा खम्बाको रूपमा काम गरेको पार्टी हो । यो दलको इतिहासलाई सम्झँदा जनताले विशेषगरेर मदन भण्डारी र मनमोहन अधिकारीलाई सम्झने गरेको पाइन्छ । इतिहासका कालखण्डहरूमा देश र जनताका लागि भन्दा बढी व्यक्ति र समूहको फाइदाका लागि काम गर्दा यो दलमा आन्तरिक विभाजन हुन पुग्यो । यस्तो कार्यले यो दललाई ठूलो क्षति भएको जानकारहरू बताउँछन् । अहिले एमालेको पार्टी अध्यक्ष खड्गप्रसाद ओली छन् । उनैको नेतृत्वमा सरकार छ । ओलीलाई कामभन्दा बढी कुरा गर्ने नेताको रूपमा बुभ्mने गरेको पाइन्छ । यस कोणबाट हेर्दा केपी ओली जनचाहनाअनुरूपको शासक बन्न जरुरी छ ।

एमालेमा केपी ओली पछाडि पार्टी र देश हाँक्न सक्ने नेताको अभाव रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । कतिपयले उनलाई चतुर राजनीतिक खेलाडीको रूपमा पनि टिप्पणी गरेको सुनिन्छ । तथापि उनी सत्तामा हुँदा अत्यन्त विवादित कामहरू हुने गरेका छन् । देशमा भ्रष्टाचार घट्नुकोे सट्टा बढिरहेको तथ्यांकले देखाउँछन् । किन अवसर पाउँदा पनि नेताहरूले प्रभावकारी काम गर्न सक्दैनन् ? किन पटकपटक गल्ती दोहो¥याउँछन् ?

हालसम्म सरकारमा पुग्ने हरेक दल वा व्यक्तिविशेष जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भनेझैं भएको छ । यस्तो भद्रगोलको अवस्थामा दलका शीर्ष नेताहरू सच्चिनुको विकल्प छैन । अहिले समाजलाई अमुक दल वा व्यक्तिभन्दा पनि देशलाई विकासको गतिमा अगाडि बढाउन सक्ने सक्षम नेत्वको आवश्यकता छ

एमालेभित्र लोकतन्त्रको अभ्यास अत्यन्त कमजोर भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । एमाले भनेको केपी ओलीको इसारामा चल्ने दल हो भन्नेहरू पनि धेरै छन् । दलभित्रका कमीकमजोरीको टीकाटिप्पणी गर्नेहरूलाई भीम रावललाई जस्तै किनारा लगाइन्छ, भनिन्छ । जानकारहरू भन्छन्, एमालेभित्र मेरिटोक्रेसीको कुनै गुञ्जायस छैन । हाम्रा राम्रा भन्ने ओलीतन्त्रले एमालेमा जुट र फुट मौलाएको छ ।

देशको तेस्रो ठूलो दल माओवादी पार्टी प्रचण्डको नेतृत्वमा चलिरहेको छ । प्रचण्ड माओवादलाई मार्गदर्शकका रूपमा राजनीतिमा उदाएका पात्र हुन् । दस वर्ष जनयुद्ध गरेर शान्तिपूर्ण राजनीतिक प्रक्रियामा आएपछि देशमा कायापलट होला भन्ने जनअपेक्षा थियो । प्रचण्ड तीनपटक देशको प्रधानमन्त्री बने । तर, उनी सक्षम प्रधानमन्त्री बन्न सकेनन् । न त उनले आप्mनो दललाई नै प्रभावकारी रूपमा चलाउन सके । न त उनमा प्रस्ट राजनीतिक मार्गदर्शन नै देखिन्छ । त्यसैले जनयुद्धका सक्षम सहयोद्धाहरूले प्रचण्डको साथ छाडिसकेका छन् । वैद्य, बाबुराम, विप्लवहरूले माओवादी पार्टी छाड्दै यो दल अवसरवादीहरूको झुन्ड हो भन्ने गरेका छन् । सत्तालाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्ने प्रचण्डको कार्यशैलीले दललाई मात्र कमजोर बनाएको छैन, देशको समग्र राजनीतिलाई उथलपुथल पारिरहेको छ । माओवादीले एकातिर राजनीतिक सिद्धान्तलाई तिलाञ्जली दिएको अवस्था छ भने अर्कोतिर यो दलका नेताहरूको जीवनशैली नवधनाढ्य वर्गमा रूपान्तरण भएको अवस्था छ । नेताहरू सर्वहाराका नारा लगाएर काठमाडौंमा सुखसयलको जीवन बिताउन अभ्यस्त छन् ।

त्यसो त अहिलेको राजनीतिक परिवर्तनका पछाडि माओवादीको ठूलो योगदान छ । तथापि राज्यको पुनःसंरचना गर्दा माओवादीले दूरदृष्टि राख्न नसकेको प्रस्ट छ । अनावश्यक प्रान्तीय सरकार, ठूलो संख्यामा सासद, समानुपातिक निर्वाचन प्रणालीजस्ता कुराले देश थला परेको छ । सत्ताका लागि जे पनि गर्न तयार हुने प्रचण्ड नीति यो दलको हितमा नभएको माओवादीकै नेताहरूले भन्ने गरेको पाइन्छ । यसर्थ, राजनीतिक दृष्टिकोणबाट हेर्दा यो दल सच्चिनुको विकल्प छैन । सच्चिने हो भने माओवादीले आप्mनो दलभन्दा माथि देश हुन्छ भन्ने कुरालाई हेक्का राख्नुपर्छ । यसो गर्दा स्थानीय तहलाई बलियो बनाएर प्रान्तीय सरकारलाई खारेज गर्ने राजनीतिक निर्णय माओवादीका लागि सुझबुझपूर्ण निर्णय हुनेछ ।

अत्यन्त श्रुति माधुर्य लाग्ने लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, नागरिकतन्त्र, धर्म निरपेक्षता, समतामूलक समानुपातिक राजनीतिक प्रणालीले देशलाई कुन मार्गमा अगाडि बढाएको भन्ने कोणबाट दलहरू समीक्षा गर्नुपर्ने वेला आएको छ । मेरा गोरुका बाह्रै टक्का भन्ने मुढेबलमा कुनै पनि दल लाग्नु हुँदैन । अहिलेका शीर्ष भनिने नेताहरूले आप्mनो पार्टी कब्जा गर्ने, सत्ताको लागि साम, दाम, दण्ड, भेद जे पनि गर्ने तर काममा सिन्को नभाँच्ने प्रवृत्तिका कारण देश तहसनहसको अवस्थामा छ । अहिले कुनै पनि राजनीतिक दलमा सिद्घान्त, निष्ठा, जबाफ देहिता र जिम्मेवारीता देखिँदैन । खाली नागरिकहरूलाई सपनाहरू बाँड्ने र आप्mनो स्वार्थसिद्घ गर्ने काममा उनीहरू अभ्यस्त भएको घामजस्तै छर्लंग छ । देश, काल, परिस्थितिलाई बुभ्mन नसक्ने नेतृत्व जनताबाट बढारिन्छ । बढारिनुपर्छ ।

कुनै पनि राजनीतिक व्यवस्था आफैंमा नराम्रो नहुन सक्छ । तथापि, व्यवस्थाका सञ्चालकहरूको चरित्र, ढंग र शासकीय शैली राम्रो नभएमा देशले दुःख पाउँछ । यस्तै भइरहेको छ । पछिल्लो निर्वाचनमा नेपाली जनता पुराना राजनीतिक दलहरूबाट वाक्कदिक्क भएर वैकल्पिक दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चौथो दलको रूपमा मतदान गरे । पुराना दलहरू अकमण्र्यताका कारण संसद्मा केही सिट ल्याउन सफल भएको यो दलमा कुनै राजनीतिक सिद्धान्त, अनुभवी नेतृत्व, विकासको मार्गचित्रजस्ता राजनीतिमा आवश्यक पर्ने गुणहरू नभएको राजनीतिशास्त्रीहरू बताउँछन् । यो दलका संस्थापक नेता रवि लामिछानेका अनेक प्रकरण छरपस्ट भएको अवस्था छ । यसैगरी राजालाई सेरेमोनियल किङ बनाउने राजनीतिक मार्गचित्र बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व गरिरहेका राजेन्द्र लिङ्देन धेरै विवादित नेता होइनन् । तथापि यो दलमा पनि जनआधार बलियो देखिँदैन ।

हालसम्म सरकारमा पुग्ने हरेक दल वा व्यक्ति विशेष जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भनेझैं भएको छ । यस्तो भद्रगोलको अवस्थामा दलका शीर्ष नेताहरू सच्चिनुको विकल्प छैन । अहिले समाजलाई अमुक दल वा व्यक्तिभन्दा पनि देशलाई विकासको गतिमा अगाडि बढाउन सक्ने सक्षम नेतृत्वको आवश्यकता छ । अहिले राजनीतिक दलहरूको कार्यशैली हेर्दा नाक खुम्च्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने नेतृत्वको प्रतीक्षामा नेपाली समाज छ । सत्तामा पटकपटक पुगेका नेताहरूले देशका समस्याहरू समाधान गर्न सकेनन् । नेतृत्वमा देश निर्माणको प्रस्ट खाका, भिजन, मिसन र एक्सन चाहिन्छ । नेतृत्वमा उल्लिखित गुणहरूको अभाव देखिन्छ । अझै पनि समाजले नेताहरू सच्चिऊन् भन्ने चाहेका छन् । कहिले सच्चिने ?

अन्त्यमा, प्राकृतिक स्रोत र साधनको पर्याप्तता र विकासको सम्भावना भएर पनि सक्षम भिजन भएको नेतृत्व नहुनाले हाम्रो देश पछाडि परिरहेको छ । दलका दर्जनको संख्यामा रहेका शीर्ष भनिने नेताको कार्यशैलीले देशको विकास एवं नागरिकको समृद्धि हुने कुराको सम्भावना टर्दै गएको छ । यो वास्तविकतालाई बुझेर नेताहरू सच्चिन जरुरी छ । सच्चिऊन् । नसकिऊन् ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला