काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू–भागमा मौसम सफा रहेको जनाइएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले मौसम पूर्वानुमान बुलेटिनमा जनाएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडीका साथै बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ । साथै कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक, के छन् श्वेतपत्रमा ?
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, कम्तीमा तीन जना बेपत्ता
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान, आजदेखि नै पानी पर्ने
आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम
एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ
प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल





