बझाङ । बजार अनुगमन गर्ने जिम्मेवारी अहिले स्थानीय समेत रहेको भए पनी केही स्थानीय तहका जनप्रतिनिधिले बजार अनुगमन गर्नका लागि चासो नदिएको पाइएको उभोत्ताले गुनासो गरेका छन् । नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिहका अनुसार, स्थानीय सरकार आएपछि धेरैजस्तो ग्रामीण बस्तीमा रहेका पसलहरुमा बजार अनुगमन हुन नसकेको बताए ।
जिल्लामा रहेको घरेलु तथा साना उद्योग विकास कार्यालयले, जिल्ला प्रशासन कार्यालयले समय समयमा बजार अनुगमन गर्ने गरेको बताए । स्थानिय सरकार र यहाँका जनप्रतिनिधीहरुले पनि बजार अनुगमनमा ध्यान दिन जरुरी रहेको सिहँले सुझाब दिए ।स्थानीय सरकारले चाँसो नदिए पनि घरेलु तथा साना उद्योग कार्यालय बझाङले भने चाँसो दिएर अनुगमन गर्दै आई रहेको छ ।
हिजो शुक्रबार बझाङको सदरमुकाम चैनपुरमा बजार अनुगमन गरिएको छ । नयाँ बर्ष आउनै लाग्दा जिल्ला बाट अखाद्य बस्तुहरु बढी जस्तो ग्रामिण बस्तिहरुमा विक्री हुने भएका कारण सो कुरालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गर्न थालेको हो । शुक्रबार सदरमुकाम चैनपुरमा रहेका विभिन्न खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा ८० हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको हो । होलसेल ब्यावारीको भन्दा अखाद्यय तथा म्याद समाप्त भएका विभिन्न खाद्य पदार्थ र पिय पदार्थ स सना र खुद्रा पसलहरु बाट बरामत गरीएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालय प्रमुख मान बहादुर धामीले बताए ।

सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल ब्यापारीहरुले म्याद सकिन लागेको र म्याद समाप्त भएका अखाद्य र म्याद सक्कीएका खाद्य पदार्थ तथा पिय पदार्थ ग्रामीण बस्तिहरुमा विक्री गर्ने गरेको गुनासो आउन थालेपछी बजार अनुगमनलाई तिब्रता दिएको धामीले बताए ।
उनले भने,‘साना तथा खुद्रा ब्यापारिहरुले सामान किनेर लिदा सामानको म्याद नहेरेर लिने गरेको आफुहरुले पाईएको बताए । जसका कारण आम उपभोत्ताहरुले यसको प्रत्येक्ष मार खेप्नु परेको बताए । यसरी पटक पटक अनुगमन गर्दा आम उपभोत्ताहरु पनि सचेत हुने र ब्यापारीहरु समेत सजक हुने भएका कारण घरेलु तथा साना उद्योग कार्यालय बझाङले पटक पटक बजार अनुगमन गर्दै आएको बताए ।
सदरमुकाम चैनपुरको आधा बजारमा मात्रै शुक्रबार गरीएको अनुगमन बाट ८० हजार मुल्य बराबरका पिय पदार्थ, खिसमिस, ्आदी फेला परेको उनले जानकारी दिए । उनले उक्त बरामत गरीएको अखाद्य र म्याद समाप्त भएका सबै सामानलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योगका प्रतिनिधी,जयपृथ्वी नगरपालिकाका प्रतिनिधी, र पत्रकारको रोहबरमा नष्ट(जलाईएको) गरीएको बताए ।’
एउटै पसल बाट २५ हजार मुल्य बराबरका म्याद समाप्त भएका सामानहरु फेला परेको थियो । होलसेल भन्दा पनि खुद्रा पसलहरु बाट बढी जस्तो अखाद्य पदार्थ तथा म्याद समाप्त भएका सामानहरु र पिय पदार्थहरु फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर लोकेन्द्र ठगुन्नाले बताए । ठुला र होलसेल ब्यापारीहरुले म्याद समाप्त हुन लागेका सामान र पिय पदार्थ खुद्रा ब्यापारीहरुलाई भिडाउने गरेको अनुगमनका क्रममा पाईएको छ । यस्तै यस्ता प्रकारका सामान र पिय पदार्थहरु ग्रामीण बस्तिहरुमा सप्लाई गर्ने गरेको पाईएको छ ।
यसको रोकावटका लागी सरोकार वाला निकायहरुले मात्रै ध्यान दिएर नपुग्ने बताए ईन्स्पेटर ठगुन्नाले बताए । उनले भने, यस्तो विषयमा आम उपभोत्ताहरुले नै ध्यान दिएको खण्डमा अखाद्य पदार्थ तथा म्याद समाप्त भएका सामान र पिय पदार्थहरु खरिद गर्दा म्याद (समयवधि) भए नभएको एकीन गरेर मात्रै सामान खरिद गर्नुपर्ने बताए । बजार अनुगमनलाई निरन्त्रता दिने घरेलु तथा साना उद्योगले जनाएको छ ।