नवजीवन सहकारीले ल्यायो आफ्नै ब्राण्डमा चामल

धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चामलको माग पुरा गर्न चामल सहकारीले चामल उत्पादन शुरु गरेको हो ।

गोदावरी नगरपालिकाको मजगाउमा राइस मिल प्लान्ट स्थापना गरेर नवजीवनले धानको उत्पान शुरु गरेको हो । नवजीवनले उत्पादन गरेको धान सहकारीका १० वटै शाखाहरुबाट बिक्री गरिनेछ ।

‘किसानले उचित मुल्य पाउन र किसानले उत्पादन गरेको धानबाट शेयर सदस्यहरुले अर्गानिक चामल खान पाउन भनेर शुरुआत गरेका छौं ।’ नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमले भने ‘आगामी बर्षमा प्रत्येक किसानबाट नवजीवन सहकारीले सिधै धान खरिद गर्ने योजना छ ।’

नववीवनले उत्पादन गरेको मसिनो चामलको मुल्य प्रति २५ किलोको २ हजार २ सय र मोटो चामलको प्रति २५ किलोको १ हजार ४ सय छ । पहिलो बर्ष मोटो र मसिनो मात्र बजारमा ल्याएको र आगामी बर्षदेखि मसिनो र मोटोको पनि गुणस्तर छुट्याएर बजारमा ल्याइने अध्यक्ष बमले बताए ।

नवजीवन सहकारीले मजगाउमा १ करोड २ लाखको लागतमा ५ हजार क्वीन्टल क्षमताको गोदाम घर निर्माण, राइस मिल प्लान्ट र ट्रान्सफर्मर स्थापना गरेको छ । बाटो र अन्य गरि मजगाउमा १ करोड ५६ लाख लगानी भएको छ । मजगाउको राइस मिल प्लान्टले प्रति घण्टा दुई मेटिक टन चामल उत्पादन गर्ने क्षमता छ ।

यस बर्ष धान खरिद १६ हजार २८ क्वीन्टल धानग खरिर गरेकोमा हालसम्म १ हजार १ सय ८४ क्वीन्टल धान कुटाई गरेर ६५१ क्वीन्टल २९ केजी चामल उत्पादन भएको छ । आगामी दिनमा धान खरिद र चाल उत्पादन बढाएर लैजाने अध्यक्ष बमले बताए ।

नवजीवनले बजारमा चामल उत्पान गर्दा पोलिसिङ गरिदैन । आगामी बर्ष रानी जमरा कुलरिया सिचाई आयोजना क्षेत्रका किसानहरुसँग धान उत्पादनको सम्झौता गर्ने, धानको मुल्य पहिल्यै तोक्ने र किसानलाई आवश्यक सहयोग सहकारीले गर्ने अध्यक्ष बमले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए