लमजुङ । लमजुङमा विश्व पानी दिवसको सन्दर्भमा साइकल र्याली गरिएको छ । लमजुङ जेसीजले साइकल र्यालीमा ५६ जनाले भाग लिएका थिए । सो र्याली करिब ४० किलोमिटरको दुरी तय गरिएको थियो ।
लमजुङको सुन्दरबजार नगरपालिकादेखि सुरु भएको र्याली बेसीशहर नगरपालिका हुँदै मस्र्याङदी गाँउपालिका– ८ को भुलभुले स्थित कार्यालय स्थलमा पुगेर पुनः बेसीशहर नगरपालिका– ७ सम्म भएको हो । करिब ४० किलोमिटरको साइकल र्यालीमा सुन्दरबजार, राइनास र बेसीशहर नगरपालिका अन्र्तगतका ५६ जनाले भाग लिएको लमजुङ जेसिजका अध्यक्ष प्रतिजंग तामाङले बताए ।
सुन्दरबजार नगरपालिकाको मिलनचोकबाट सुरु भएको थियो । मानव शरीर र वातावरण मैत्री एवम् स्वस्थ राख्न जीवनशैली बदल्न, वातावरण मैत्री यातायातलाई प्रवद्र्धन गर्न र संरक्षणको महत्व’bout सचतेना जगाउन सन्देश प्रवाह गर्ने उद्देश्यले सो प्रतियोगिता गरिएको आयोजकले वताए । प्रतियोगिता लमजुङ जेसीजका अध्यक्ष प्रतिजंग तामाङको अध्यक्षतामा भएको हो । कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण कोइराला र जिल्ला साइकल संघका अध्यक्ष ध्रुवराम प्रधानको विशेष उपस्थिति थियो ।

सुन्दरबजारको भोटेओडार, बेसीशहर नगरपालिका– १ को उदीपुर, वडानं– २ को गैह्री, भकुण्डे, वडानं– ८ को रानीकुवा, वडानं– ८ को सेरा, नारायण स्थान, वठानं– ७ को क्याम्पस रोड हुँदै सोही नगरपालिका– ६ को बेलाउती विसौना पार गरी मस्र्याङदी गाउँपालिका– ९ को खुदी बगैंचामा प्रवेश गरेर वडानं– ३ को खुदी बजार हुँदै वडानं– ८ को र्यालीका सहभागीलाई मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र उपाध्यक्ष जुनामाया थापाले स्वागत गरेका थिए । मस्र्याङदीको भुलभुलेमा र्यालीको स्वागत गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्वस्थ्य जीवनका र वातावरण बचाउनका लागि साइकलको यात्रा लाभ दायक हुने टिप्पणी गरे । उनले व्यवस्थापनमा सवै जिम्वेवार बन्नुपर्ने बताए । सो अवसरमा मस्र्याङस्थित भुलभुले आमा समूहले सहभागीलाई स्वागत गरेका थिए ।
मस्र्याङदीमा विश्राम पश्चात र्याली पुन बेसीशहर आएर समापन भएको हो । र्यालीलाई बेसीशहर स्थित हिमालयन ब्रर्दश ग्रुप प्रा.लि. र तामाङ घेदुङले स्वागत गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष प्रतिजंग तामाङले जल संरक्षण, ग्लेश्यिर संरक्षण, स्वच्छ पानीको दिगो उपयोग, वातावरण मैत्री यातायातको प्रवद्र्धन तथा सार्वजनिक रुपमा चेतना अभिवृद्धि गर्ने उद्धेश्य सहित आयोजना गरिएको साइकल र्यालीमा सहभागि तथा सहयोगी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
समापन कार्यक्रम बेसीशहर नगरपालिका– ७ र्बाविक्युमा भएको थियो । साइकल र्यालीमा भाग लिएकाहरुलाई सहभागिताको प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरिएको थियो ।