दुईपांग्रे विधुतीय साधनमा रमाउने यी ७ बलिउड स्टार

मुम्बइ । आजको समयमा, जब विश्वभर जलवायु परिवर्तन र वातावरण संरक्षणको चर्चा भइरहेको छ, धेरै बलिउड स्टारहरू पनि वातावरणप्रति सचेत हुँदै छन्। विलासी कारहरूको सट्टा पर्यावरणमैत्री यातायात रोजेर, यी अभिनेताहरूले आफ्नो कार्बन फुटप्रिन्ट मात्र घटाइरहेका छैनन् । फिटनेसप्रति स्मार्ट दृष्टिकोण दुई पांग्रे साधन अपनाइरहेका छन् । ट्राफिक जामबाट बच्न पनि यसले सजिलो भएको छ । यही कारण धेरै बलिउड स्टारहरूले वातावरणलाई हानि नगरी आरामदायी र स्टाइलिश तरिकाले यात्रा गर्न सकिन्छ भनेर प्रमाणित गरेका छन् । कोही साइकल चलाइरहेका छन्, कोही रोलर स्केटिङ गरिरहेका छन् भने केहीले विधुतीय स्कुटर अपनाएका छन् । यसरी यी ७ स्टारहरूले आफ्नो यात्रालाई रमाइलो र दिगो बनाएका छन्।

टाइगर श्राफ
बलिउड अभिनेता टाइगर श्राफ पनि वातावरण र शारीरिक तन्दुरुस्तीलाई ध्यान राख्ने अभिनेता हुन् । उनले यही कारण रोलर स्केटिङको प्रयोग गर्दै आएका छन् । आफ्नो फिटनेस र एक्सनका लागि परिचित टाइगर श्राफले यात्राको एक अनौठो तरिकाको रूपमा रोलर स्केटिङ अपनाएका छन् । ट्राफिक जामबाट बच्न र सक्रिय जीवनशैलीलाई प्रवद्र्धन गरेर स्वास्थ्य रहन आफूले यो तरिका अपनाएको उनको कथन छ । उनी मुखमा मास्क र शिरमा हेलमेट लगाएर रोलर स्केटिङमा यात्रा गर्न खुबै रुचाउँछन् । टाइगरको यो विधि रमाइलो मात्र होइन, यसले वातावरण संरक्षणको लागि पनि फाइदा पु¥याएको छ ।

२. नेहा धुपिया
साइकल चलाउने अभिनेत्री तथा वातावरण प्रेमी नेहा धुपिया सहरमा यात्रा गर्न साइकल प्रयोग गर्छिन्। उनी प्रायः मुम्बईको सडकमा साइकल चलाउँदै गरेको देखिन्छन् । उनको निर्णयले तन्दुरुस्तीलाई मात्र बढवा दिँदैन तर अरूलाई पनि दिगो यात्रा अपनाउन प्रेरित गर्छ । आफूले लामो समयदेखि साइकल चलाउँदै आएको नेहाले बताइन् । जसका कारण वातावरण प्रदूषण काम गर्न अरूलाई पनि प्रेरणा मिल्ने उनको कथन छ ।

३. अर्जुन कपूर
बलिउड अभिनेता अर्जुन कपुर पनि दुई पांग्रे सवारी साधनमा रमाउने कलाकार हुन् । मुम्बईको ट्राफिक जामबाट बच्न अर्जुन कपूरले विधुतीय बाइकको प्रयोग गर्दै आएका छन् । यी विद्युतीय सवारी साधनहरू छिटो, सुविधाजनक र प्रदूषणरहित यात्रा गर्ने उत्कृष्ट माध्यम भएकाले आफूले यसलाई रोजेको यी अभिनेताको कथन छ । उनी पनि विशेष समारोहमा जाँदा मात्र विधुतीय कार चढ्ने गर्छन् । उनले पेट्रोल कारको ठाउँमा विधुतीय कार लिएको बताएका छन् ।

४. सैयामी खेर
घुमर, अग्नी, मिर्जा, ८ एम मेट्रो, शर्मजीकी बेटी, फाडु जस्ता विभिन्न चलचित्रकी नायिका एवम् बलिउड अभिनेत्री सैयामी खेर पनि साइकल चलाउने अभिनेत्रीको रूपमा परिचित छिन् । उनले साइकल चलाउनुलाई आफ्नो मन पर्ने यात्राको माध्यम बनाएकी छिन् । चाहे त्यो सौखिन यात्राको लागि होस् वा दैनिक यात्राको लागि नै किन नहोस साइकल चलाउनु वातावरणको लागि राम्रो भएको उनको तर्क छ । यो एक उत्कृष्ट व्यायाम भएको पनि उनले बताएकी छिन् । उनको निर्णयले फिटनेस र वातावरण प्रदूषणरहित जीवनशैली दुवैलाई प्रेरित गरेको छ ।

५. कुणाल खेमु
गोलमाल अगेन, भगत जोनी, मलाङ, कलयुग, ढोल, राजा हिन्दुस्तानी, ब्लडमनी जस्ता थुप्रै सफल चलचित्रका बलिउड अभिनेता तथा निर्देशक कुणाल खेमु पनि वातावरण प्रदूषण रोक्ने कुरामा सचेत छन् । उनले पनि आफ्नो छोटो यात्राको लागि इभी स्कुटर रोजेका छन्। उनी प्रायः यो स्टाइलिश र सुविधाजनक इलेक्ट्रिक स्कुटरमा आफ्नो क्षेत्रमा घुमिरहेको देखिन्छन् । उनले पेट्रोल गाडी हटाएर विधुतीय कार समेत लिएको बताएका छन् ।

६ अंगद बेदी
पिँक, हाई नाना, गुन्जन सक्सेन, सुर्मा, घुमर, लस स्टोरी २ जस्ता थुप्रै चलचित्रका अभिनेता अंगद बेदी साइकल चलाउने अभिनेताको रूपमा परिचित बन्दै छन् । अंगद बेदीले परम्परागत सवारी साधनको सट्टा साइकल चलाएर प्रदूषण र ट्राफिक जाम कम गर्न योगदान दिएको बताउँछन् । बरु अरूलाई पनि पर्यावरणमैत्री यात्रा गर्न उनले प्रेरित गरेका छन्। उनको यो कदम वातावरण बचाउने बढ्दो प्रवृत्तिको एक हिस्सा हो । उनी पनि महँगो पेट्रोल गाडी विशेष समारोहमा आवश्यक पर्दा मात्र प्रयोग गर्छन् ।

७. आदित्य सिल
तुम बिन २, खेल खेलमे, इन्दुकी जवानी, अमर प्रेमकी प्रेम कहानी, एक छोटी सी लभ स्टोरी जस्ता थुप्रै चलचित्रका अभिनेता आदित्य सिल पनि वातावरण प्रदूषण प्रति सचेत छन् । सोही कारण उनले पेट्रोलबाट चल्ने महंगो मोटरसाइकल हटाएर विधुतीय स्कूटरको सवारीमा प्रयोग गर्न थालेका छन् । महंगो गाडीको प्रयोग उनी विशेष पार्टीमा जाँदा मात्र गर्छन् । नत्र हलुका र सुविधाजनक इलेक्ट्रिक स्कुटरहरू छोटो दूरीको यात्राको लागि उत्कृष्ट विकल्प हुनुको साथै वातावरण रक्षामा पनि यसको महत्त्वपूर्ण योगदान हुने भएकाले आफूले इभी स्कुटर रोजेको उनले बताएका छन् । । परम्परागत सवारी साधनको तुलनामा यिनीहरूले कुनै पनि प्रदूषण नगर्न र सहरहरूमा ट्राफिक जामबाट पनि कम सास्ती हुने आदित्यले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै