कुलमान बर्खास्तको चौतर्फी विरोध, ऊर्जामन्त्री खड्काको पुत्ला जलाइयो

काठमाडौं । हिजो सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको बिरोधमा आजवाट चौतर्फी विरोध भएको छ । सत्ता सहयात्री नेपाली कांग्रेसका संस्थापनइतर समूहले पनि कुलमानको पक्षमा अभिव्यक्ति दिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुलमानको पक्षमा अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् भने अर्का नेता शेखर कोइरालाले पनि सरकारको नालायकी पनको संज्ञा दिएका छन् ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि विरोध गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले नै सरकारले गलत गरेको बताएका छन् । यता विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूले पनि सरकारको यो कदमको विरोध गरेका छन् । त्यसैगरी कलाकारको तहमा पनि विरोध भएको छ ।

यता, कुलमानलाई हटाएको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।

कुलमानको चारवर्षे कार्यकाल आउँदो साउनमा सकिदै थियो । तर, त्यो भन्दा ४ महिनाअघि नै उनलाई सरकारले हटाउने निर्णय गरेसँगै चौतर्फी विरोध सुरु भएको हो । सरकारले चार महिनाअगावै कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ । कुलमानलाई हटाएकोमा सत्तामा रहेको दल नेपाली कांग्रेसले पनि विरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?