बागलुङमा विद्युतीय सवारी पास वितरण बन्द

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले विद्युतीय सवारी संचालन अनुमति पत्र (ई–पास) सेवा बन्द गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको अवस्थालाई ध्यानमा राखेर जिल्ला बासिका लागि अर्को व्यवस्था नभएसम्मको लागि मंगलबारदेखि सवारी संचालन पास रोकिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुका अनुसार विरामीको हकमा चिकित्सकको रिफर कागज, मृत्यु संस्कार जस्ता अति आवश्यक कामलाई प्रमाणको आधारमा पासको व्यवस्था गरिने छ ।

खाद्यान्न इन्धन लगायत अति आवश्यक सामाग्री ढुवानीको लागि संक्रमण नभएको नजिकको जिल्ला, विरामी उपचार ९रिफर कागजको आधारमा० लागि मात्र ई–पास उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।

बाहिरी जिल्लाबाट पूर्व समन्वय नभई सवारी पास जारी भई आएमा उक्त सवारी पास अनुमती समेत कार्यान्वयन नहुने र पास विना सवारी साधन चलाएको पाइएमा सवारी नियन्त्रणमा लिइ प्रचलित कानुन बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी सैजुले बताए ।

यस्तै प्रशासनले यसअगाडी खाद्यवस्तु लगायत अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु आपूर्ति गर्ने निकाय÷संघसंस्थाको हकमा सम्बन्धित स्थानीय तहको सिफरिसमा, बैंक तथा वित्तीय संस्थाहरुको हकमा नेपाल राष्ट्र बैंकबाट जारी भएको परिपत्रसहितको निवेदन बमोजिम, राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा अयावश्यक कार्यमा मात्र र अन्य आकस्मिक कार्यको लागि गृहमन्त्रालयबाट जारी गरिएको अत्यावश्यक सेवा संचालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमति सम्बन्धी कार्यविधि, २०७६ बमोजिम मात्र पास जारी गरिदै आएपनि हालै देशैभरि संत्रमितको संख्यामा वृद्धि भएकोले जिल्ला बाहिरका लागि अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास जारी नगरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रेनु दाहाललाई ११ हजार बढीको अग्रता