कुलमान र हितेन्द्रको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिजो दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त रिट निवेदनमा आज बुधबारका लागि सुनुवाइ हुने भएको हो ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो तर सुनुवाइ हुन सकेको थिएन । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

यता, शाक्यले भने घिसिङको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन् । उनले ४ वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको घिसिङको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

साताका लोकप्रिय समाचार

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा