काठमाडौं । विभिन्न समूहमा विभाजित मधेशवादी दलहरू एकीकृत हुँदै छन् । लामो समयको गृहकार्यपश्चात ती दलले नयाँ मोर्चाको घोषणा गर्दै छन् । सत्ता र शक्तिको अभ्यासमा टुटफुट र एकीकरणको अनुभव गरेका मधेशवादी दलहरूले मोर्चा गठनसँगै एकीकृत पार्टी पनि निर्माण गर्ने बताइएको छ ।
आठ दलबीच आज नयाँ मोर्चा घोषणा हुँदै
थापागाउँस्थित एक ब्यांक्वेटमा बिहीबार (आज) नयाँ मोर्चा घोषणा हु“दै छ । घोषणा हुने मोर्चामा विभिन्न आठ दल सहभागी हुने बताइएको छ । यद्यपि एक दलका ’boutमा सहभागी हुनेनहुने भन्ने’bout अझै सहमति बन्न सकेको छैन ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीचमा नयाँ मोर्चा गठन गर्ने सहमति जुटेको छ ।
यस मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई पनि ल्याउने प्रयास भइरहेको छ । राई नेतृत्वको जसपा मोर्चामा आए दलहरूको संख्या ८ पुग्नेछ । राई नेतृत्वको जसपा नयाँ आए पनि ७ दलकै बीचमा नयाँ मोर्चा घोषणा गरिने बताइएको छ । यद्यपि, मोर्चाको घोषणा हुनुभन्दा अघिसम्म जसपालाई पनि ल्याउने प्रयास जारी रहनेछ ।
जनता प्रगतिशील पार्टीका वरिष्ठ उपाध्यक्ष शिवजी यादवले नयाँ मोर्चा घोषणा हुन लागेको पुष्टि गरेका छन् । लामो समयको गृहकार्यपश्चात मोर्चा घोषणा गर्न लागिएको उनले बताए । ‘हामीले लामो समय गृहकार्य ग¥यौं, विभिन्न चरणमा छलफल ग¥यौं, अहिले ७ दलका बीचमा नयाँ मोर्चा घोषणा गर्ने ’boutमा सहमति जुटेको छ, अशोक राई नेतृत्वको जसपालाई पनि ल्याउने प्रयास भइरहेको छ,’ जनता प्रगतिशील पार्टीका वरिष्ठ उपाध्यक्ष यादवले भने, ‘एक बलियो संगठनमार्फत आफ्ना मुद्दाहरू राख्दै जनताको चाहना र आवश्यकता सम्बोधन गर्न हामी मोर्चाबन्दी गर्न लागेका हौं ।’
विभिन्न समूहमा विभाजित मधेशवादी दलका बीचमा नयाँ मोर्चा हुँदै एक बलियो दल निर्माण गर्ने ’boutमा समेत छलफल हुँदै आएको छ । नयाँ घोषणा हुने मोर्चामा अशोक राई नेतृत्वको जसपा सहभागी हुने कि नहुने भन्ने ’boutमा अन्योलको अवस्था छ । मधेशवादी दलका बीचमा नयाँ मोर्चा गठन हुँदैगर्दा उता जनमत पार्टी र नाउपाका बीचमा पार्टी एकताका लागि नेताहरू अन्तिम गृहकार्यमा रहेका छन् ।
जनता प्रगतिशीलका अध्यक्ष त्रिपाठीले यसअघि लुज एलायन्स निर्माण गरी अगाडि बढ्नुपर्ने भन्दै तीनतिर फर्केका राजनीतिक दललाई एकठाउँमा बसेर छलफल गर्न प्रयास गरेका थिए । त्रिपाठीकै प्रयासमा अहिले विभाजित मधेशवादी दलहरू मोर्चाबन्दी निर्माण गर्ने निष्कर्षमा पुगेका हुन् ।
लोसपाका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले विभिन्न समूहमा विभाजित दलहरूका बीचमा एक बलियो मोर्चाको आवश्यकतानुसार नयाँ मोर्चाको घोषणा हुन लागेको बताए । विभिन्न चरणमा छलफल गर्दै एउटा साझा र बलियो मोर्चाको गठन गर्ने निष्कर्षपश्चात बिहीबार मोर्चाको घोषणा गर्ने सहमति जुटेको उनले बताए । मोर्चा घोषणा हुनुभन्दा अघि सबै दलका अध्यक्षहरूको बैठक बस्ने र त्यसपछि नयाँ मोर्चाको घोषणा गरिने उनले बताए ।
जनमत र नाउपाबीच पार्टी एकता
यसैबीच, दुई मधेशवादी दलका बीचमा पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न समूहमा विभाजित मधेशवादी दलका बीचमा मोर्चाबन्दी निर्माण गर्ने सहमति हँुदैगर्दा दुई मधेशवादी दलले पार्टी एकताका लागि अन्तिम चरणको छलफलमा जुटेका छन् ।
कतिपय नेताहरूले मधेशवादी दलका बीचमा नै पार्टी एकता गरेर एक बलियो पार्टी निर्माण गर्नुपर्ने धारणासमेत राख्दै आएका छन् । तर, सबै मधेशवादी दलहरू अहिले नै मिल्ने सम्भावना बनिसकेको छैन । अहिले मोर्चाबन्दी निर्माण गर्दै पछि पार्टी एकता गर्ने सम्मको निष्कर्षमा पुग्न सकिने बताइएको छ ।
जनमत पार्टी र नाउपाका बीचमा वैशाख महिनामा पार्टी एकता घोषणा हुने बताइएको छ । दुवै दलले कार्यदल गठन गरेर सहमति जुटाउने प्रयास गरिरहेका छन् । दुवै दलले पार्टी एकीकरणको गृहकार्य अन्तिम चरणमा पुगेको जनाएका छन् ।
पार्टीको नाम, नेतृत्व, चुनाव चिह्नदेखि राजनीतिक प्रतिवेदनलगायतका विषयमा सहमति भइसकेको छ । दुवै दलका पदाधिकारीसहित शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने ’boutमा छलफल चलिरहेको छ ।
दुई पार्टीका बीचमा एकीकरण भएपछि पार्टीको नाम ‘जनमत पार्टी’, अध्यक्षमा सीके राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकमा रेशमलाल चौधरी, चुनाव चिह्न ‘ढकिया’ रहने सहमति भइसकेको स्रोतको दाबी छ । ढकिया चुनाव चिह्न नाउपाको हो ।
दुवै दलले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएपछि दुवै पार्टीको केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरी पार्टी एकताको घोषणा गरिने जनमत पार्टीका नेता अब्दुल खानले जनाएका छन् । चैत अन्तिम साता वा वैशाख पहिलो साता पार्टी एकता घोषणा हुनेगरी काम भइरहेको छ ।
यी दुवै पार्टीबीचको एकतापछि बन्ने दल संसद्को छैटौं ठूलो दल हुनेछ । हाल संसद्मा रहेका १३ दलमध्ये सांसद संख्याका हिसाबले जनमत आठौं र नागरिक उन्मुक्ति ११औं दल हो । अहिले संसद्मा जनमतका ६ र नाउपाका ४ सांसद छन् । अब दुवै दलको एकतापछि १० सांसदसहित संसद्को छैठौं ठूलो दल हुनेछ ।