टोखाबाट बरामद २५ करोड रुपैयाँबढीका विदेशी मुद्राको मालिक पहिचान

काठमाडौं । १६ दिनअघि गत ४ चैतमा काठमाडौंको टोखाबाट बरामद भएको २५ करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्राका मालिकको राजस्व अनुसन्धान विभागले पहिचान गरेको छ । कन्टेनर चालक कुसाङ लामासँगको फोन सम्पर्क र सीडीआर विश्लेषणबाट विभागले मुख्य मालिकको पहिचान गरेको हो ।

आरोपी नसमातिँदै राजस्वले नाम सार्वजनिक गरेको भन्दै प्रहरीको असन्तुष्टि

राजस्व अनुसन्धान विभागले यस घटनाको अनुसन्धान गरिरहेका बेला यसका मालिक पहिचान भएको भन्दै उसले नाम सार्वजनिक गरेको हो । सो रकम बोक्ने कुसाङ भरिया मात्रै भएको र कसको रकम हो भन्ने’bout यसअघि नै आमचासोको विषय बनेको थियो ।

विभागले त्यस दिन बरामद भएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० डलरको मालिकको नाम सार्वजनिक गरिरहँदा प्रहरीले भने यसमा आपत्ति जनाएको छ । अनुसन्धानकै क्रममा रहेका व्यक्तिलाई सार्वजनिक गर्दा प्रतिवादी भाग्न सक्ने खतरा औंल्याउँदै प्रहरीले असन्तुष्टि जाहेर गरिरहँदा राजस्व अनुसन्धान विभागले भने ठुलै घटना भएकाले नाम सार्वजनिक गरेको प्रस्टीकरण दिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार बरामद २५ करोडभन्दा बढी नेपाली रुपैयाँबराबरको डलर र युरोका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भई काठमाडौंको टोखा नगरपालिका–१० महादेवटार हाइट बस्दै आएका नारायण पौडेल हुन् । तथ्य प्रमाणले सो विदेशी मुद्राका मालिक उनी नै भएको तर फरार भएकाले वारेन्ट जारी भएको घिमिरेको भनाइ छ । उनी मोबाइल अफ गरेर फरार छन् ।

महानिर्देशक घिमिरेले मालिक पहिचान गर्न सफलता मिलेकामा खुसी व्यक्त गरे । ‘हामीलाई यसका मालिक पहिचान गर्नुपर्ने ठूलो चुनौती थियो,’ घिमिरेले भने, ‘संसद्सम्म पनि यसका मालिक’bout प्रश्न उठेको अवस्था थियो, जसकारण पनि यथाशक्य चाँडो मालिक पहिचान गर्नुपर्ने चुनौती हामीमा थियो, यसमा हामी सफल भएका छौं ।’

राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएर पक्राउका लागि प्रहरीलाई भनिएको बताए । ‘पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पक्राउका लागि प्रहरीलाई समेत भनिसकेका छौं ।’

टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बस्दै आएका पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ । विभागको अहिलेसम्मको अनुसन्धानले सुन तस्करी गर्नकै लागि सो रकम चीन लैजान लागिएको निष्कर्ष निकालेको छ । यसअघिको प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि यही निष्कर्ष निकालेको थियो ।

टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ४ चैत राति ११ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भई गोकर्ण बस्दै आएका ४३ वर्षीय कुसाङलाई टोखाको झोरबाट उनले चलाएको कन्टेनर र विदेशी मुद्रासहित नियन्त्रणमा लिएको थियो । सो कन्टेनरमा अवैध डलर र युरो रहेको सूचना पाएको प्रहरीले कुसाङ र कन्टेनरलाई नियन्त्रणमा लिएपछि टेकुस्थित कार्यालयमा ल्याएको थियो । कार्यालयमा ल्याएपछि मात्रै कन्टेनरबाट युरो र डलर भेटिएको थियो । कन्टेनरको थप खानतलासी गर्दा चालकको ठीक माथि डोनटमा फल्स बटन बनाएर तस्करी गरी रसुवागढी लैजाँदै गरेको अवस्थामा अमेरिकी डलर र युरो भेटिएको थियो ।

प्रहरीले चालक कुसाङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरलाई बुझाएको थियो ।

उता, विभागले पौडेलकै संलग्नतामा रकम ट्रकमा राखेको फुटेजसमेत फेला पारेको छ । पौडेलले नै करिब साँझ ६ बजेतिर रकम ट्रकमा लोड गरेका थिए । रकम हाल्नुअघि सो ट्रक ग्यारेज, पार्किङस्थल र विभिन्न गोदाममा पुगेको पत्ता लागेको छ । रकम लोड भएपछि ट्रक कता–कता गयो भन्ने’bout अनुसन्धानसमेत गरिएको थियो ।

विभागले रकम कहाँ लोड भयो भन्ने’bout जानकारी गराएको छैन । यसअघि चालकले प्रहरीसमक्ष भने सामाखुशीमा रकम हालिएको बयान दिएका थिए ।

उता, पौडेलले प्रयोग गर्ने मोबाइल र चालक कुसाङको मोबाइलमा समेत सूचना आदानप्रदान भएको र फोन सम्पर्क भएको समेत भेटिएको छ । प्रहरीले चालक कुसाङलाई पक्राउ गर्नुभन्दा केही समयपहिला मात्रै उनीहरूबीच फोनमा कुराकानी भएको विवरणसमेत संकलन गरेको छ ।

चालक पक्राउ परेकै ठाउँ टोखाबाट यसका मालिक पौडेल फरार भएको देखिएको पनि विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धानकै क्रममा पौडेलको घर, कारोबारस्थल र गोदामहरूमा पनि तलासी लिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक घिमिरेले बताए । चालक कुसाङले रकम लैजानुअघि फोनमा पौडेलसँग कुराकानी गरेको भेटिएको पनि उनले बताए ।

विभागले ग्यारेज, पार्किङस्थलमा पुगेर पनि अनुसन्धान गरेको जनाएको छ । कुसाङको बैंक खाताको विवरणबाट पनि अस्वाभाविक शंकास्पद कारोबार भएको देखिएको विभागले जनाएको छ ।

विभागका एक अधिकारीका अनुसार मुख्य आरोपी पौडेलको घरमा मंगलबार छापा मारेर बैंक चेकहरू बरामद गरिएको थियो । उनले भने, ‘हामीले पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरको सीडीआर, सीसीटिभी फुटेज र डिजिटल डिभाइस विश्लेषण गरेका थियौं, साथै उनको घर, कारोबारस्थल र गोदाम खानतलासी गरी विभिन्न प्रमाण जुटाइएको छ ।’

सो रकम पौडेलकै भएको खुलेपछि उनको बैंक खातादेखि घरजग्गासम्म रोक्का गरिएको छ । अहिलेसम्म विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको विभागले अब यो रकम कहाँबाट आयो ? कहाँ जान लाग्यो भन्ने’bout अनुसन्धान गर्नेछ । त्यसपछि राजस्व चुहावटको विषय पनि जोडिने बताइएको छ ।

रकमसहित पक्राउ परेका र यसका मालिकविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको अवस्थामा त्यसमा समेत अनुसन्धान गर्ने विभागको तयारी छ । यी तीनवटै कसुरको अनुसन्धान क्षेत्राधिकार विभागसँग छ । संगठित अपराधको कसुर जोडिएको अवस्थामा भने विभागबाट यो अनुसन्धान प्रहरीमा सर्नेछ ।

को हुन् नारायण पौडेल ?
पूर्वप्रधानपञ्च दुर्गाप्रसाद पौडेलका छोरा नारायणकी श्रीमतीको मृत्यु भइसकेको छ भने उनका एक छोरा र एक छोरी छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी ठेगाना भएका नारायण विवादास्पद पृष्ठभूमि भएका व्यक्ति हुन् । उनको आपराधिक गतिविधिको सुरुवात खासाको व्यापारबाट भएको खुलेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि रक्तचन्दन तस्करीमा संलग्न भएका उनले त्यस धन्दाबाट राम्रै आम्दानी गरेको पनि पाइएको छ ।

२०७२ सालको महाभूकम्पको चपेटामा उनको गृहजिल्ला सिन्धुपाल्चोक परेसँगै खासाको व्यापार पनि तहसनहस भयो । त्यसपछि भने उनले सुन तस्करीलाई आफ्नो मुख्य पेसा बनाएका थिए । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार सुन तस्करी उनको नियमित धन्दा बनेको थियो ।

यसअघि पनि पौडेल विभिन्न आपराधिक प्रकरणमा मुछिएका थिए । २०५९ सालमा हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा उनी राजस्व अनुसन्धान विभागबाट पक्राउ परेका थिए । ऊन आयातका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकबाट एलसी खोल्ने तर ऊन आयात नगरी डलर तस्करी गर्ने उनको धन्दा त्यतिबेलै पर्दाफास भएको थियो ।

प्रहरीका अनुसार सोलु र पर्साका विभिन्न व्यक्तिका नाममा कम्पनी खोलेर उनले यो गैरकानुनी कारोबार सञ्चालन गरेका थिए । उनको तस्करीको सञ्जालमा अन्य व्यापारीको ठूलो समूह पनि संलग्न रहेको प्रहरीको दाबी छ । उनलाई गत २ असार २०८० मा महाराजगन्जस्थित एक घरमा जुवा अखडा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरी वृत्त महाराजगन्जले उनलाई १ लाख ९० हजार नगदसहित पक्राउ गरेको थियो । तर, त्यतिबेला उनी शक्तिकेन्द्रको दबाबमा छुटेका थिए । उनलाई छुटाउन त्यसबेला माओवादी नेताहरूले ठूलै दबाब दिएको स्रोतको भनाइ छ ।

नारायण र उनका दाजुभाइको पृष्ठभूमि नै आपराधिक र विवादित पाइएको छ । एक जना प्रहरी अधिकृतका अनुसार चारै जना दाजुभाइको आपराधिक पृष्ठभूमि देखिन्छ । राजनीतिको आवरणमा रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन (हुन्डी)मा उनीहरूको संलग्नता पाइएको छ ।

चार दाजुभाइमध्ये माइला नारायणबाहेक उनका अरू दाजुभाइ राजनीतिक पृष्ठभूमिकै व्यक्ति रहेको खुलेको छ । जेठो ध्रुव एमालेसँग आबद्ध छन् । उनी एकपटक फुल्पिङकट्टीका गाविस अध्यक्षसमेत भएका थिए ।

नारायणमुनिका साइलो भाइ बच्चु हिमालय सीमा व्यापार संघका पूर्वअध्यक्ष हुन् । कान्छो राजकुमार भोटेकोशी गाउँपालिकाको अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी २०७४ सालमा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा विजयी बनेका थिए । राजकुमार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । परिवारको राजनीतिक पहुँच र प्रभावका कारण पटक–पटक पक्राउ परे पनि उनी उम्किँदै आएका छन् ।

कुसाङ भने यसअघि पनि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसिसकेका व्यक्ति हुन् । १३ पुस २०७३ मा अवैध सुन तस्करीमा पक्राउ परेका उनी २०७८ सालमा छुटेका थिए । त्यसबेला उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । सो समयमा गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएका सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि सो गाडीका चालक कुसाङ नै थिए । अहिले फेरि उनै कुसाङले गाडीमै फल्स बटन बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् ।

जेलबाट छुटेपछि कुसाङ फेरि कन्टेनर चालककै आवरणमा सुन र डलरको तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा