एलन मस्क संसारकै सबैभन्दा धनी

काठमाडौं । फोब्र्सले बुधबार सार्वजनिक गरेको विश्वका धनाढ्यहरूको सूचीमा नेपालका अर्बपति विनोद चौधरीको नाम १७६३औं स्थानमा आएको छ । फोब्र्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्तिको पहिलो नम्बरमा संयुक्त राज्य अमेरिकाका एलन मस्क रहेका छन् ।

विनोद चौधरीको सम्पत्ति २ सय मिलियन डलर

फोब्सले नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको उल्लेख गरेको छ । चौधरीको सम्पत्ति गत वर्षको तुलनामा यस वर्ष २० करोड अमेरिकी डलरले बढेको छ । उनको सम्पत्ति कुल २ खर्ब २७ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १ अर्ब ८ सय मिलियन अमेरिकी डलर थियो । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७ सय मिलियन सम्पत्ति रहेका चौधरीको कुल सम्पत्ति त्यसयता घटेको थियो ।

फोब्र्सका अनुसार चौधरीको प्रमुख सम्पत्ति देशकै ठूलोमध्येको एक नबिल बैंकमा रहेको लगानी र नेपालको लोकप्रिय वाईवाई चाउचाउ उत्पादन गर्ने सीजी फुड्स हुन् । वाईवाईको भारत, सर्बिया र बंगलादेशमा पनि उत्पादन कारखानाहरू छन् । हालै इजिप्टमा पनि नयाँ कारखाना निर्माण भइरहेको छ । कम्पनीले चाँडै नै विभिन्न प्रकारका चटनी (सस) बजारमा ल्याउने योजना बनाएको छ ।

विश्वभरका १ सय ४३ होटलमा चौधरी ग्रुपको स्वामित्व वा व्यवस्थापन छ । यस सूचीमा भारतको ताज होटल चेन पनि पर्छ, जहाँ चौधरीको प्रत्यक्ष लगानी छ ।

चौधरीका छोराहरू निर्वाण, राहुल र वरुणले उनको व्यवसाय सञ्चालनमा साथ दिन्छन् । निर्वाण नेपालमा छन् भने राहुल र वरुण विदेशमा बस्छन् । निर्वाण र राहुल सीजी समूहका प्रबन्ध निर्देशक हुन् ।

नेपालका एक मात्र डलर अर्बपति चौधरीको सम्पत्ति गत वर्षको तुलनामा यस वर्ष २० करोड अमेरिकी डलरले बढेको छ ।

बुधबार जारी गरेको सूची फोब्र्सको ३९औं सूची हो । यस सूचीअनुसार विश्वभरका अर्बपतिहरूको कुल सम्पत्ति १६ दशमलव १ ट्रिलियन डलर पुगेको छ । यो जम्मा ३ हजार २८ अर्बपतिहरू हुन् । गत वर्ष यो कुल सम्पत्ति २ ट्रिलियन डलर कम थियो भने अहिले बढेको छ ।

अमेरिकामा कुल ९ सय २ अर्बपतिहरू छन् । गत वर्ष यो संख्या ८ सय १२ थियो । अमेरिकाका ९ सय २ अर्बपतिहरूको कुल सम्पत्ति ६ दशमलव ८ ट्रिलियन डलर छ ।

भारतमा कुल २ सय ५ अर्बपतिहरू छन् । जसको कुल सम्पत्ति ९ सय ४१ अर्ब डलर छ । अघिल्लो वर्षको तुलनामा भारतीय अर्बपतिहरूको सम्पत्ति भने घटेको छ । गत वर्ष यो संख्या ९ सय ५४ अर्ब डलर थियो । यद्यपि, भारतमा अर्बपतिहरूको संख्या भने बढेको छ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्ति ९२ दशमलव ५ अर्ब डलर छ । दोस्रो स्थानमा गौतम अदानी छन् । उनको कुल सम्पत्ति ५६ दशमलव ३ अर्ब डलर छ । भारतीय अर्बपतिमा तेस्रो नम्बरमा आरटी नोबर्म पर सावित्री जिन्दलको स्थान छ । जसको कुल सम्पत्ति ३५ दशमलव ५ बिलियन डलर छ ।

फोब्र्सले अमेरिकामा सबैभन्दा धेरै अर्बपतिहरू रहेको जनाएको छ । जसमध्ये सबैभन्दा धनी व्यक्ति टेस्लाका सीईओ एलन मस्क हुन् । उनको कुल सम्पत्ति ३ सय ४२ अर्ब डलर छ । त्यसपछि मेटाका सीईओ मार्क जुकरबर्ग छन्, जसको कुल सम्पत्ति २ सय १६ अर्ब डलर छ । यस सूचीमा जेफ बेजोस २ सय १५ अर्ब डलरसहित तेस्रो स्थानमा छन् । ल्यारी एलिसन र अर्नाल्ट क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।

अमेरिकापछि सबैभन्दा धेरै अर्बपतिहरू चीनमा छन् । चीनमा ४ सय ५० अर्बपतिहरू छन्, जसको कुल सम्पत्ति १ दशमलव ७ ट्रिलियन डलर छ । भारत २ सय ५ अर्बपतिसहित विश्वको तेस्रो स्थानमा छ ।

नेपालमा भने विनोद चौधरी मात्रै अर्बपतिको सूचीमा रहेका छन् ।

विगतमा अर्बपति रहेका मुलुक बंगलादेश, पानामा र उरुग्वेमा अब कुनै पनि अर्बपति छैनन् । बंगलादेशी ऊर्जा कम्पनी समिट ग्रुपका अध्यक्ष मोहम्मद अजिज खान सिंगापुरमा बस्दै आएका छन् । उनको सम्पत्ति १ दशमलव १ बिलियन डलर रहेको छ ।

उरुग्वेका एन्ड्रेस बजुरोव्स्की बे र सर्जियो फोगेल उनीहरूको फिनटेक स्टार्टअप ‘डी–लोकल’को सेयर मूल्यमा गिरावट आएका कारण उनीहरूको सम्पत्ति घट्दा अर्बपतिको सूचीबाट तल झरेका छन् ।

सन् २०२४ मा एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा धेरै अर्बपति नागरिकहरू थिए तर यस वर्ष यहाँका १ हजार ५२ सदस्यले यसलाई अमेरिकाभन्दा पछाडि राखेका छन्, जसको संख्या १ हजार ७७ छ, जसमध्ये अमेरिकामा ९ सय २ जना छन् । त्यसपछि युरोपमा ७ सय ७२ जना छन् भने मध्यपूर्व र अफ्रिकामा १ सय २७ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित