तानसेनमा महोत्सव सञ्चालन

पाल्पा । जिल्लाको पर्यटन, कृषि र उद्योग क्षेत्रको विकास र बिस्तारमा सहयोग पु¥याउन तानसेनमा महोत्सव सञ्चालन भएको छ । तानसेन टुडिखेल मैदानमा बैशाख २ गतेसम्म चल्ने गरी १३ दिने तानसेन महोत्सव शुरु भएको हो ।

महोत्सवले पर्यटन, कृषि र घरेलु तथा लघु उद्योग प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्य लिएको महोत्सव आयोजक पाल्पा व्यापार संघले जनाएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले महोत्सवको शुभारम्भ गर्ने कार्यक्रम छ ।

महोत्सवमा ३ सय वटा स्टलहरु रहने छ । जसमध्ये लघु उद्यमीलाई प्रोत्साहन गर्न, कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न ३० वटा स्टल निशुल्क दिने पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए । महोत्सवमा ५ लाख बढी दर्शकले अवलोकन गर्ने र ८ करोड बढीको कारोबार हुने अनुमान छ ।

सर्वसाधारणलाई ७५ र विद्यार्थीलाई ५० रुपैयाँ महोत्सवमा प्रवेश शुल्क राखिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गताहरुको लागी निःशुल्क गरिएको छ । महोत्सवमा आर्कषणमा फिस टनेल, स्थानीय ढाका, करुवा, अदुवा, स्थानीय कला सांस्कृतिको प्रर्दशन, स्थानीय झाँकी ¥याली, तानसेन डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता सञ्चालन गरिनेछ ।

स्थानीय झाँकी ¥याली, तानसेन डान्स आइडल र विद्यालय स्तरीय नृत्य प्रतियोगितामा ५ हजार देखि ५० हजारसम्म पुरस्कार प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो