उदयपुर । सुख्खा मौसम सुरु भएसँगै उदयपुरको चुरे तथा महाभारत क्षेत्रमा डढेलो नियन्त्रण बाहिर गएको छ । लामो समय पानी नपरेर खरेडी लागेकाले उदयपुरको बिभिन्न जंगलमा डढेलो जान थालेको हो । डढेलोको कारण उदयपुरका दर्जनौ बस्ती आगोको जोखिममा परेका छन ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय उदयपुर गाईघाटले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिक जसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैनन् । सुख्खा मौसम तीब्र गतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ ।
डिभिजन वन कार्यालय उदयपुर गाईघाट मातहत ३ दर्जन बढी सामुदायिक वन तथा राष्ट्रिय वनमा डढेलो लागेको अनुमान गरिएको छ । हावाहुरी सुख्खा मौसमले गर्दा डढेलो नियन्त्रण बाहिर गएको हो । जंगलमा लागेको डढेलो गाउँबस्तीमा नजिकै आएपछि चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिकाले दमकल प्रयोग गरि बस्ती नजिकका आगो नियन्त्रण प्रयास गरेको छ ।
दमकलले बस्ती नजिकेको आगो निभाएता पनि जंगलको आगो भने नियन्त्रण गर्न सकेको छैनन् । हावाहुरीले कुनै पनि समय डढेलो बस्तीमा छिर्ने डरले स्थानीय रातभर सुत्न सकेका छैन । जंगलको डढेलो बस्तीमा पस्ने खतरा भएकाले स्थानीय विभिन्न तरीकाले नियन्त्रणको प्रयासमा जुटेको छ ।
चौदण्डिगढी नगरपालिकाको खैराझोडा, अधेरी लगायत मानव वस्ती आगोको जोखिमा छन । यी बस्तीसंगै जोडिएको जंगलमा भिषण डढेलो लागेको स्थानीयबासीले बताए । त्यसैगरी त्रियुगा नगरपालिकाको जोगिदह, मैना, जलजले, लालपत्ता लगाएको जंगलमा आगो लागेकाले नजिकको बस्ती जोखिममा रहेको छ ।
कटारी नगरपालिकाको रिस्कु, शुक्र’bout, दमार, त्रिवेणी, उदयपुरगढी गाउँपालिका– ७ को बिरालीटार, हाडेबास लगायतका बस्तीमा जोखिम रहेको बताए । चुरे क्षेत्रमा डढेलो बढदै जादाँ जंगली जवार गाउँवस्तीमा प्रवेश गरेका छन । डढेलोबाट जोगिन गाँउबस्तीमा प्रवेश गरेका घोरल, चित्तल लगायत जंगली जनावरले खेतमा लगाईको मकै खेती नष्ट गरि दिएको चौदण्डिगढी नगरपालिका– ५ सुन्दरपुरका स्थानीय किसानको भनाई रहेको छ ।
जंगलमा आगलागी हुदा जंगली जनावरको बाँस स्थान डढेपछि उनीहरु गाउँ बस्तीमा पसेका हुन । यसरी जंगलको आगो गाँउवस्तीमा सुख्खा मौसमसगै बढ्दै गएको छ । जंगलमा डढेलो बढै गइ रहेको वन कर्मचारी बताउँछन । ठूलो क्षेत्रमा डढेलो लागेकोले नियन्त्र गर्न समस्या भएको तर अब गाउँबस्तीको जोखिम क्षेत्रमा आउने डढेलोलाई उपभोक्ता, कर्मचारी, प्रहरी र स्थानीय तहको दमकललाई तयारी अवस्थामा राखि नियन्त्रण उन्मुख रहेको बताउँछन ।
समथर क्षेत्रमा सामुदायीक वन उभोक्ता समुह, वन कर्मचारी र स्थानीय तहमा रहेका बारुणा यन्त्र (दमकल) प्रयोग गरेर नियान्त्रण गर्ने प्रयास गरिए पनि मध्य भाग र दुर्गम क्षेत्रमा डढेलो त्रमिक रूपमा बढै गएको बताउँछन ।
जंगल क्षेत्रमा जोडिएको मानव बस्तीमा डढेलो प्रवेश गर्न नदिन प्रयास गरिएको वन कर्मचारीको भनाई रहेको छ । अनियन्त्रीत डढेलो कुनै पनि समय वस्तीमा पस्न सक्ने खतरा रहेको स्थानीयबासीले बताए । डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरूलाई सचेत गराइएको डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा वन अधिकृत जागेश्वर साह बताउँछन । दैनिक जसो डढेलो नियन्त्रणको प्रयास भईरहेको छ, तर साधन श्रोतको अभावमा समस्या भएको वन अधिकृत साह बताउँछन ।
सूचना अधिकारी साहले भने, ‘थोरै जनशक्ति लिएर आगो निभाउने प्रयास भए पनि सम्भव भएको छैन । सामुदायीक वन उपभोक्ता समुहले चासो नराख्दा पनि नियन्त्रणमा समस्या भएको उनले बताए । चुरे क्षेत्रका सामुदायीक तथा राष्ट्रिय वनमा गत बर्ष पनि व्यापाक डढेलो लागेको थियो । चुरे र महाभारत जंगलमा डढेलो लाग्दा बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन ।
चुरे क्षेत्रका विभिन्न भागबाट वन डढेलो क्रमिक रूपमा बढ्दै गएको डिभिजन वन कार्यालय उदयपुर गाईघाट र त्रिवेणीको भनाइ छ । सम्बन्धित सामुदायिक वन समूहले समेत डढेलो नियन्त्रणमा चासो नदेखाउँदा र सुख्खा मौसम भएकाले समस्या भएको कार्यालयको भनाइ छ । डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको डिभिजन वन कार्यालय उदयपुर गाईघाटका निमित्त डिभिजन वन अधिकृत रामभगत यादबले भने । उदयपुरमा चैत लागे देखि विभिन्न वन जंगलमा डढेलो लाग्न थालेको हो ।
डढेलो दिउँसो नदेखिने तर, राति अँध्यारोमा भने ठुलो मुस्लो धुवाँसहित फैलिएको डढेलो झन् झन् बढ्दै गएको प्रत्यक्षदर्शी स्थानीयको भनाई छ । गाउँभन्दा निकै टाढा डढेलो देखिएकाले तत्काललाई मानव बस्ती जोखिममा नभए पनि समयमै नियन्त्रण नगरे बस्तीहरू जोखिममा पर्ने भएकाले समयमै निभाउन सरोकारवाला निकायसँग स्थानीयले आग्रह गरेका छन् ।
वन कर्मचारी, समूहका पदाधिकारी र उपभोक्ता परिचालन गरेर डढेलो नियन्त्रणको काम भइ रहेको सुचना अधिकारी साहले बताए । डिभिजन वन र समूह तथा स्थनीयतहहरुसँग समन्वय गर्दै डढेलो नियन्त्रणको काम भइरहेको छ । साथै डढेलो लाग्न नदिन समूह र उपभोक्तालाई तालिम तथा विभिन्न किसिमका प्रचार प्रसार अभियान पनि कार्यालयले गरि रहेको साहले बताए ।






