चालकले सात डलर चोर्दा ८४ हजार डलर पेन्सन गुम्यो

टोकियो । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट ७ डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलरबराबरको अवकाश प्याकेज गुमाएका छन् । क्योटो सिटीले सन् २०२२ मा हजार येन (७ अमेरिकी डलर) चोरी ठगी गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डका आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो ।

चोरीको अभियोगमा १ करोड २० लाख येन (८४ हजार अमेरिकी डलर) भन्दा बढीको अवकाश रकम दिन चालक कार्यरत कार्यालयले अस्वीकार गरेपछि चालकले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए । जसमा अदालतले सजाय अत्यधिक भएको फैसला सुनाएको थियो । स्थानीय अदालतको फैसला उनको पक्षमा आए पनि यस मुद्दामाथि भएको पुनरावेदनपछि सर्वोच्च अदालतले यसलाई उल्टाएको छ । चालकले मुद्दा हारेका छन् । नगर कार्यालयको पक्षमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएपछि नगर कार्यालयको सजाय पुनः कायम भएको छ । ती व्यक्तिको आचरणले प्रणाली र बस सेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्नसक्ने फैसला सर्वोच्च अदालतले सुनाएको हो । घटनामा पाँच जना यात्रुको एक समूह बसमा पसेर उनलाई १ हजार १ सय ५० येन तिरेको फैसलामा उल्लेख छ । चालकले समूहलाई १ सय ५० येन मूल्यको भाडा संकलनका लागि सिक्का बाकसमा खसाल्न निर्देशन दिएको र हजार येनको बिल हातमा लिएका थिए । क्यामेरामा कैद भए तापनि उनले आफ्ना वरिष्ठ अधिकारीले गरेको सोधपुछका क्रममा उनीमाथि लागेको ७ डलर चोरीको आरोप अस्वीकार गर्ने प्रयास गरे अर्थात् घटनालाई सही तरिकाले रिपोर्ट गर्न नसकेको देखिन्छ ।

जापानमा प्रत्येक बस चालकले एक्लै काम गर्छन् र भाडा आफैं उठाउँछन् । क्योटोको सार्वजनिक यातायात ब्युरोका एक अधिकारी शिनिची हिराईले एएफपीसँग भने, ‘यो हाम्रो कामको क्षेत्रसँग सम्बन्धित अनियमितता भएको थियो, हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं, यदि हाम्रो कडा कदमलाई स्वीकार गरिएन भने हाम्रो संगठनमा लापर्बाही हुनसक्छ र यसले जनताको विश्वासलाई कम गर्न सक्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण