दाङमा गोली प्रहारबाट आचार्यको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिए ।

छातिमा गोली लागेको अवस्थामा आचार्य मृत भेटिएका थिए । घटना स्थलमा आचार्यको घरकै १२ बोर (दुइनाले) बन्दुक भेटिएको डिएसपी ठकुरीले बताउनुभयो । घटना दिउसो २ साढे २ बजे भए पनि प्रहरीलाई भने ४ बजे खबर पुगेको थियो ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न