गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले तिवारीलाई आगामी ५ वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले तिवारीसँगै पत्रकार भानुभक्त पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेकोमा तिवारी नियुक्त भएका हुन् ।

यसअघि, कार्यकारी निर्देशक ऋषिराम पाण्डे थिए । उनको कार्यकाल सकिनुअगावै २१ फागुनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १५ दिनको म्याद राखेर सूचना जारी गरेकामा १४ जनाले आवेदन दिएका थिए । अन्तिम सूचीमा परेका ६ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुति गराइएको थियो ।

पोखरा ३१, वेगनासताल निवासी तिवारीले अंग्रेजी साहित्यमा एमए गरेका छन् । त्यस्तै, द्वन्द्व, शान्ति र विकास अध्ययनमा पनि स्नातकोत्तर गरेका हुन् । उनी विकास अध्ययनमा पिएचडी शोधार्थीसमेत हुन् ।

पोखरा महानगरपालिका सहरी योजना आयोगका निवर्तमान सदस्य उनी विभिन्न तालिम र विकासतर्फ राम्रो अनुभवी हुन् ।

गण्डकी प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सरकारले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत ५ वर्षअघि प्रतिष्ठान स्थापना गरेको हो ।

हालसम्म जनप्रतिनिधि र कर्मचारी गरी करिब २० हजारजना प्रशिक्षित भैसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर