काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा अनुपस्थित रहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलेको बैठकमा सरकारको नीति तथा कार्यक्रम’bout छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री आरजु राणा उपस्थित छन् । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, खानेपानी मन्त्री प्रदीप यादव, श्रम मन्त्री शरदसिंह भण्डारी बैठकमा थिए । पछिल्लो समय कांग्रेस महामन्त्री थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मनमुटाव बढ्दै गएको बताइन्छ ।