ट्यूवबाट फर्कने क्रम रोकिएन

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ । भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु ट्युबमार्फत स्वदेश फर्किरहेका छन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताए । भारतमा अलपत्र परेपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्किएको उनले बताए ।

सीमा नाका खुला नहुँदा जोखिम मोलेर नेपाल भित्रिनु परेको नागरिकहरुले बताएका छन् । भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र परेका छन् । कोरोना भाइरसका कारण रोजगारी खोसिएपछि आफूहरु अलपत्र परेको बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहराले बताए । चार दिन कल्भर्टमुनि बसेको र पछि प्रहरीले पुरानै ठाउँ जान भनेपछि आफूहरु एउटा खाली घरमा भोकभोकै बसिरहेको उनले बताए ।

ट्यूवबाट महाकालि तरेर आएका ब्यक्तिहरुलाई सम्बन्धीत जिल्लामा पठाउने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । भारतीय सीमा झुलाघाट र धार्चुलामा अलपत्र परेका २ हजार ५ सय बढी नेपालीको यही वैशाख १८ गते उद्धार गरिएको भए पनि अझै धेरै नागरिक सीमामा पुगेका छन् । उनीहरु मध्ये कोही ट्युबमार्फत जोखिम मोलेर स्वदेश फर्किरहेका छन् । सशस्त्र प्रहरी नभएको ठाउँबाट नेपालीहरु स्वदेश फर्किरहेका हुन् । यो हप्ता मात्रै बैतडीमा १५ जना बढी ट्युब मार्फत स्वदेश फर्केका छन् ।

यसैबिच भारतबाट आएर बैतडीमा अलपत्र परेका सुदूरपश्चिमको विभिन्न जिल्लाका २२ नेपाली मजदुरलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेको छ । १४ जनाको शुक्रबार र ८ जनाको बिहीबार उद्धार गरिएको हो । उद्धार गरिएका उनीहरुलाई गाडीमार्फत सम्बन्धित जिल्लामा पठाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान