बागलुङ । दिगो पर्यटन प्रवर्द्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ।
ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालन गर्न दुई लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो।
युवा उद्यमशीलता वृद्धि, महिलालाई आत्मनिर्भर बनाउने र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गर्न अनुदान दिइएको परियोजनाका प्रमुख अमर थापाले बताए।
ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजनाअनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिकास्थित पाखाथर सामुदायिक घरबासस्थित १४ घरलाई घरबास सञ्चालनका लागि अनुदान दिइएको उनले बताए।
सम्बन्धित समाचार
तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै
कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते
देवघाटको महत्त्व र महिमा चिनाउन ‘दिग्दर्शन’ प्रकाशन
स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी
घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
विषादीरहित तरकारी उत्पादनमा किसान
बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास
ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु






