जसपा बारा अध्यक्षमा रमेश यादव

रौतहट । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल बाराको प्रथम जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट अध्यक्ष पदमा रमेश कुमार यादव प्यानल सहित निर्वाचित भएका छन् ।

सिद्धेश्वर उच्च माध्यमिक विधालय कलैयामा निर्वाचनको परिणाम अनुसार पचरौता नगरपालिकाका पूर्व मेयर समेत रहेका यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कुल मतदाता संख्या ४ सय ७९ रही ४ सय ७२ मत मात्र खसेकोमा रमेश कुमार यादवले २ सय ६९ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी धर्मवीर यादवले १ सय ७५ मत प्राप्त गरेका थिए।

यादवको अध्यक्षमा 
५७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह , पुनम देवी कुशवहा , सचिवमा शम्भु कुमार गुप्ता , उप-सचिव सिकेन्द्र दास , नन्दन गुप्ता , कोषाध्यक्ष विनोद प्रसाद यादव निर्वाचित भएका छन् । 

गत १३ र १४ गते सुरुभएको जसपा बाराको प्रथम अधिवेशनलाई पार्टीका राष्ट्रिय उपाअध्यक्ष राजकिशोर यादवले  उद्घाटन गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता