कर्णालीमा ‘घुमौं सौराहा’ अभियान

सुर्खेत । चितवनको सौराहासंग र कर्णालीको पर्यटनलाई जोड्ने उद्देश्यले घुमौं सौराहा अभियान थालिएको छ । कर्णाली प्रदेश राजधानी आइपुगेको क्षेत्रीय होटल संघ नेपाल चितवन, सौराहाको टोलीले आइतबार सरोकारवालासंग अन्तक्र्रिया गर्दै दुवै प्रदेशले पर्यटन प्रर्वद्धनका लागि संयुक्त अभियानको खाँचो औंल्याएको हो ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आन्तरिक पर्यटनबाट कर्णालीले लाभ लिन सक्ने प्रशस्त आधार रहेको बताए । पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारसंगै निजी क्षेत्र र स्थानीय समुदायको समेत महत्वपूर्ण सहयोग रहनुपर्ने उनको भनाई थियो । ‘प्रदेश सरकारले कर्णालीको पर्यटन क्षेत्रको पूर्वाधार विकास र प्रर्वद्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ, तर भौगोलिक जटिलताका कारण पर्यटकलाई एउटा गन्तव्यबाट अर्को गन्तव्य पुग्न कठिनाई छ, उनले भने, ‘सडक र हवाई कनेक्टिभिटीमा सुधार ल्याई पर्यटकमैत्री पूर्वाधार निर्माणको विकल्प छैन्, प्रदेश सरकार यसमा प्रतिवद्ध छ ।’

मुख्यमन्त्री कँडेलले सौराहा आउने पर्यटकलाई कर्णालीका पर्यटकीय स्थलसंग जोड्न प्रर्वद्धनात्मक क्रियाकलाप सञ्चालन गरी सहयोग गर्न सौराहाका पर्यटन व्यवसायीलाई आग्रह गरे । यसका लागि संस्थागत सम्बन्ध स्थापित गर्न सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका पर्यटन व्यवसायीहरु घुमौं सौराहा अभियानको साथमै रहेको प्रतिवद्धता जनाए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले मुलुकको आर्थिक विकासमा आन्तरिक पर्यटनले ठूलो टेवा पु¥याउने हुँदा सरोकारवाला निकायले पनि आन्तरिक पर्यटन प्रर्वद्धनमै जोड दिनुपर्ने धारणा राखे । साथै उनले कर्णालीमा अथाह पर्यटकीय सम्भावना र अन्यत्र कतै नभएका अद्भूत विशेषता भएका पर्यटकीय सम्पदा भएकाले प्रर्वद्धनमा जोड दिनुपर्ने बताए ।

क्षेत्रीय होटल संघ नेपाल, सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले सौराहाको पर्यटन सम्भावना तथा चुनौती’bout धारणा राखे । देशमा आउने १० प्रतिशत पर्यटक मात्र कर्णाली भित्र्याउन सके यहाँको पर्यटनले ठूलो फड्को मार्ने दाबी गरे । सौराहा चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हो । जहाँ हात्ती सवार, गैंडा अवलोकन लगायतका पर्यापर्यटन, जैविक विविधताको अवलोकन गर्न सकिन्छ ।

क्षेत्रीय होटल संघ नेपाल सौराहाका अनुसार सौराहामा हाल १५० बढी होटल, १०० रेस्टुरेन्ट, ९ हजार बेड क्षमता, ठूलो संख्यामा जिप सफारी सेवा, सरकारी तथा निजी गरी ११६ हात्ती र एक हजारदेखि २५ सय क्षमताका सभाहलहरू रहेको छन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिगामी षड्यन्त्र विरूद्ध नेकपा एमालेको प्रदर्शन