कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिका १ राडुनेटामा सडक निर्माणका विषयमा विवाद हुँदा दोहोरो झड्प भएको छ । बन्दाबन्दी खुकुलो भएसंगै वडा नं १ को राडुनेटामा स्काभेटरसहित सडक खन्न पगेका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बममाथि नेकपाका गाउँ कमिटीका अध्यक्ष विष्णु रोकाया इन्द्र र वडा नं १ का अध्यक्ष मानबहादुर भण्डारीको योजनामा अध्यक्षमाथि आक्रमण भएको हो ।
वडा नं २, ३ र ४ को बाटो खन्न गाउँपालिकाले सुरु गर्न थालेपछि डोजर लगाएर बाटो खन्न नपाइने भन्दै अध्यक्षमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमतीलगायतका केही घाइत भएको बताए । घाइते उनीहरुको राडुनेटामा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अध्यक्ष बमकी श्रीमती गोरीकला बम सख्त घाइते भएकी छन् । अन्यलाई सामान्य चोटपटक लागेको भएपनि अध्यक्ष पत्नीको चोट बढी भएको आफूलाई जानकारी आएको आएको प्रहरी प्रमुख ओलियाले बताए ।
गाउँपालिका अध्यक्ष र घाइते वडाध्यक्ष र नेकपा गाउँ कमिटीका अध्यक्षको पहिलेदेखि नै विभिन्न विषयमा विवाद हुँदै आइरहेको छ । झडप हुने क्षेत्रमा टेलिफोनले काम नगर्दा सम्बन्धित जनप्रतिनिधिसँग सम्पर्क गर्न सकिएको छैन ।
कालिकोटमा सडक निर्माणका क्रममा झडप, गाउँपालिका अध्यक्ष घाइते
- Roshan Shrestha
- २०७७ बैशाख २७ गते १८:४८
- २०७७ बैशाख २७ गते १८:४८


Ads Space Available
साताका लोकप्रिय समाचार

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा
- मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको…
- गभर्नर नियुक्ति विवादका कारण गठबन्धन धरापमा
- सीईओको भन्दा कम तलब रहेको गभर्नरमा आकर्षण किन ?
- ऐश्वर्या राय बच्चनको कार दुर्घटना
- बडेमान भवनको छैटौं तल्लामा कसरी लाग्यो आगो ?
- आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन
- बलिउडमा फेरि सम्बन्धविच्छेदको लहर
- युएसएडको डलर खाएको आरोपमा हरिवंश बोले
- सडकको पत्राचारले वीरगञ्ज बचाउ संघर्ष समिति आन्दोलित