रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ । यसअघि मङ्गलबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले बहस सकेका छन् । यो समाचार तयार पर्दासम्म छविलाल ओझाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिरहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट पौडेलले रविलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै रिट निवेदन दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यकामा एलपी ग्यासको थप समस्या, सिलिण्डरमा भरेर काठमाडौं लगिने