४५ हजार डलरमा बिक्यो प्रेम गीत–३

काठमाडौं । अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकांक्षी चलचित्र प्रेम गीत–३ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै छ ।

यसै क्रममा चलचित्र प्रेम गीत–३ को विदेश राइट्सअन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) का लागि ४५ हजार अमेरिकी डलरमा अमेरिका क्यानडा राइट्स बिक्री गरिएको छ । यी देशका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवं विभिन्न चलचित्रमा नायकका रूपमा काम गरिसकेका नवराज श्रेष्ठले राइट्स खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । नवराज र सन्तोषबीच सोमबार सम्झौता भएको हो ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनीष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ । चलचित्र प्रेम गीत–३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी