लक्ष्मीको रहस्यमय मृत्यु, हत्या भएको परिवारको दाबी

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–२ की २४ वर्षीया लक्ष्मीकुमारी मण्डलको उनी बस्दै आएको विराटनगरस्थित डेरामा हत्या भएको परिवारजनले दाबी गरेका छन् । विराटनगरस्थित नोबेल अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत उनी अस्पतालनजिकै डेरा लिई बसेको कोठामा १२ जेठमा मृत अवस्थामा फेला परेकी थिइन् ।

सिलिङ फ्यानमा गम्छा र साडी जोडेर बनाइएको पासो घाँटीमा लगाएर झुन्डिएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो ।

सोमबार मृतकका बाबु हनुमान मण्डलले राजविराजमा सञ्चारकर्मीहरूलाई भेटेर हत्यालाई आत्महत्या देखाउन मारेपछि झुन्ड्याइएको दाबी गरेका छन् । उनले भने, ‘घटनास्थलको प्रकृति हेर्दा मारेर झुन्ड्याइएको स्पष्ट देखिन्छ, अनि आत्महत्या भनेर प्रचार गरिँदै छ, यो हत्या हो ।’

छोरी एक्लै भएको मौका छोपी अर्को कोठामा रहेका उनकै साथीहरूमध्ये कोही भेन्टिलेसनबाट छिरेर छोरीलाई मारेर झुन्ड्याइएको उनको दाबी छ । लक्ष्मी बस्ने कोठामा ठूलो भेन्टिलेसन रहेको र एकैपल्ट दुई जनासम्म छिर्ने अवस्था रहेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

हत्या हुनु एक घण्टाअघि बजारबाट तरकारी किनेर ल्याएको र आफूहरूसँग फोनमा कुरा गरेको भन्दै मृतकका भाइ लवप्रकाशले भने, ‘आत्महत्या गर्नुपर्ने कुनै कारण छैन, यो सुनियोजित ढंगले गरिएको हत्या हो ।’

उनले घटना’bout दिदीकै साथी रुबी चौधरीले १३ जेठ बिहान फोन गरेपछि आफूहरू विराटनगर पुगेको र त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए पनि प्रहरीले छानबिनमा बेवास्ता गरेको आरोप लगाए ।

दिदीको मृत्यु भएको एक साता बित्न लाग्दासमेत उनी कार्यरत अस्पताल र स्थानीय प्रशासनले सत्यतथ्य अनुसन्धान गर्नमा बेवास्ता गरिरहेको उनले सुनाए ।

उनका अनुसार दिदी झुन्डिएको देखिए पनि खुट्टा भूइँमा लत्रेको थियो । यस्तै, दुवै पैताला कालो भएको थियो भने शरीरका विभिन्न भागमा नीलडामसमेत देखिएको थियो । ‘सुरुमा कुटपिट, त्यसपछि करेन्ट लगाएर मारी झुन्ड्याइएको सहजै अनुमान सबैले गरे पनि प्रहरीले अनुसन्धानमा सक्रियता देखाएको छैन,’ लक्ष्मीका भाइ लवप्रकाशले भने ।

लक्ष्मीको मृत्यु’bout अहिलेसम्म पनि केही बुझ्न नसकिएको भन्दै परिवारजनले घटना’bout सत्य तथ्य बुझी चाँडोभन्दा चाँडो छनबिन र दोषी पत्ता लगाई कारबाही हुनुपर्ने प्रहरी प्रशासनसँग माग गरेका छन् ।

न्यायका लागि परिवारजनले सञ्चारकर्मीसँगै मानवअधिकारकर्मी र सप्तरी प्रहरीलाई समेत भेटेर पहल गरिदिन आग्रह गरेका छन् ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङ जिल्ला रहेकाले आफूले त्यहाँका प्रहरी अधिकारीसँग समन्वय गरी सत्य तथ्य अनुसन्धानका लागि पहल गर्ने आश्वासन दिएको परिवारजनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार