एसियाली सम्मेलनमा युनिभर्सिटी प्रेसको पुस्तक प्रदर्शनी

काठमाडौं । काठमाडौंमा जारी एसियाली अध्ययन सम्मेलनमा बंगलादेशको प्रसिद्ध प्रकाशन गृह युनिभर्सिटी प्रेस लिमिटेडले विश्व प्रसिद्ध पुस्तकहरु प्रदर्शन तथा विक्रि वितरण गरेको छ ।

एसोसिएसन फर एसियन स्टडिजको आयोजनामा होटल र्‍याडिसन, दुसित प्रिन्सेस, मनास्लु होटल र होटल तिब्वतमा भइरहेको सम्मेलनमा सो प्रदर्शनी गरेको हो ।
एशियाली समाजहरूको विविधता, आधुनिकता र गतिशीलता सम्बन्धी वैकल्पिक दृष्टिकोणहरू उजागर गर्ने उद्देश्य राखेको सो सम्मेलनमा युनिभर्सिटी प्रेसले एसियाका चर्चित कितावका अलावा अन्य उपयोगी पुस्तकहरु विक्रि वितरण गरेको हो ।

आर्थिक, शिक्षा, राजनीति, समाजशास्त्र, इतिहास, भूगोल, साहित्य आदि विषय समेटिएका पुस्तकहरु समावेश गरिएको युनिभर्सिटी प्रेसका प्रमुख कार्यकारी अधिकृत माहरुखले बताइन् । सम्मेलनमा विभिन्न प्यानल छलफलहरू, राउन्डटेबलहरू, र प्रस्तुतिहरू भइरहेका छन् ।

सम्मेलनले एशियाली समाजहरूको विविधता, आधुनिकता, र गतिशीलता सम्बन्धी वैकल्पिक दृष्टिकोणहरू उजागर गर्ने उद्देश्य राखेको छ। यसले एशियाका विभिन्न क्षेत्रहरूमा रहेका विविधता र विरोधाभासहरूलाई पुनः केन्द्रीकरण गर्ने प्रयास गरेको बताइएको छ ।

१९७५ मा स्थापित युनिभर्सिटी प्रेसका प्रकाशनलाई बंगलादेशमा अनुसन्धानका लागि केही उत्कृष्ट स्रोतहरू मानिन्छ र विश्वभरका शिक्षाविद्हरूले अत्यधिक खोजी गर्ने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उदयपुरमा करेण्ट लागेर किशोरीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले अघिअघि कांग्रेस पछिपछि