सिन्धुली । सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले विपन्न नागरिक उपचार कोष स्थापना गरेको छ । संस्थाको ५७ औं स्थापना दिवसका अवसरमा शनिबार उक्त कोषको स्थापनाको घोषणा गरिएको हो ।
सिन्धुली अस्पतालमा उपचारका लागि आउने विपन्न विरामीलाई सहयोग पुग्ने गरि उक्त कोष स्थापना गरिएको हो । उपचार कोषमा १ करोड रकम पु¥याउने लक्ष लिईएको छ । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विपन्न नागरिक उपचार कोष सञ्चालन कार्यविधि २०८२ सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिसचन्द्र ढकाललाई हस्तान्तरण समेत समेत गरिएको छ ।
कोषमा शनिबार मात्रै तीन लाख ९६ हजार ६७१ रुपैंया रकम संकलन भईसकेको छ । रकम संकलनका लागि उद्योग वाणिज्य संघले सबै संघसंस्था, व्यक्ति तथा सरकारी निकायसँग अपिल समेत गरेको छ । जिल्लाभरका विपन्न नागरिकको उपचारमा सहयोग पु¥याउने गरि कोषको घोषणा गरिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।