इलाम । दुर्घटना वा अचानक शारीरिक समस्या जुनसुकै बेला सामना गर्नुपर्ने हुन्छ । जस्तो कि, कुनै दुर्घटना भयो । गंभिर घाइते देखियो भने तत्काले के गर्ने ? कोहि हिँड्दा हिँड्दै अचानक लड्न पुग्यो भने के गर्ने ? यदि अचानक कुनै समस्या आयो भने त्यस अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने सम्बन्धमा इलाम अस्पतालले तालिम सञ्चालन गरिरहेको छ ।
अस्पतालका स्वास्थ्यकर्मीहरुलाई तत्काल जीवन रक्षा सम्बन्धी आधारभूत तालिम दिइएको हो । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल गरिने प्राथमिक उपचार ’bout पुर्नताजकिका लागि तालिम आयोजना गरिएको इलाम अस्पताल स्रोतले जनाएको छ । तालिममा बच्चा र ठुलो व्यक्तिलाई तत्काल छाती थिचेर, श्वासप्रश्वास गराएर उपचार गरिने विधि’bout जानकारी दिइएको छ ।

आकस्मिक अवस्थामा गम्भिर रहेका बिरामीलाई श्वास प्रश्वासमा कठिनाइ हुँदा तत्काल गरिने उपचार विधि’bout तालिम दिइएको इलाम अस्पताल इमरजेन्सीका इन्चार्ज टिका लुइँटेलका अनुसार दुर्घटनामा परेका व्यात्तिको जीवन रक्षा गर्न के के उपाय अपनाउन सकिन्छ भनेर तालिम दिइएको हो । ‘दुर्घटना पछि कतिपयको श्वास प्रश्वासमा समस्या हुने, मुटुको धड्कन अनियमित हुने गर्दछ’ उनले भने, ‘यस्तो अवस्थामा तत्काल उपचार विधि अघि बढाउनका लागि अस्पतालले तालिम सञ्चालन गरेको हो ।’
यस्तो विधि स्वास्थ्यकर्मीलाई मात्र नभई सर्व साधारणलाई पनि सिकाउनु पर्ने हो, विदेशतिर कक्षा ६ देखि आपत कालिन उपचार विधिको वारेका सिकाउने गरिन्छ तर नेपालमा अस्पतालका स्वास्थ्यकर्मीलाई मात्र सिकाउने गरिएको छ’ लुइँटेलले भने, ‘सर्वसाधारण सम्म यस्तो उपचार विधि सिकाउने हो भने दुर्घटना हुँदा अस्पताल आउनु पहिले नै आधारभूत उपचार हुन सक्ने चियो ।’
इलाम अस्पतालमा तालिम प्राप्त डक्टर पवन मोक्तान र स्टाफ नर्स विना सक्दिेलले सहजीकरण गरिरहेका छन् ।







