गीतकार टेक तामाङ सांगीतिक साँझ हुँदै

काठमाडौं । गीतकार एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक तामाङको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आगामी १४ असारमा एकल साँझ गर्न लागिएको यो कार्यक्रमको आयोजक गीतकार संघ नेपालले बिहीबार जानकारी गराएको छ । संघले ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ तयारी तिब्रसँग गरिरहेको राजधानीलाई जानकारी गरायो ।

‘१०० भन्दा बढी गीत रेकर्ड गराइसकेका तामाङको यो एकल साँझमा उनको रचनाका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरू प्रस्तुत गरिने छ । पत्यक्ष गायन कार्यक्रम भएकाले कलाकारले यसै साताबाट गायन अभ्यास गर्दै हुनुहुन्छ’,गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले राजधानीसँग भने ।

उनको अनुसार एकल साँझमा तामाङको रचनाको गीतहरू नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर प्रस्तुत गरिने छ । यस्तै सो एकल साँझमा तिमीलाई पराईको, अँगालोमा बेरिरहूँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैँ सैलुङ लगायतलाई गीतहरू विभिन्न गायक गायिकाले प्रस्तुत गर्ने पनि अध्यक्ष थापाले जानकारी गराए ।

प्रत्यक्ष वाद्यवादनसहित कार्यक्रममा दीप श्रेष्ठ, किरण प्रधान,संगीता राना प्रधान, राजेश पायल राई, प्रदीपराज पाण्डे, अन्जु पन्त, सत्यराज आचार्य, शिव परियार, डेबिड शंकर, रुपक चौधरी, कन्काइष्ट राई, सञ्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रह्लाद तिमिल्सिना लगायतका कलाकारले गीतकार टेक तामाङका चर्चित गीतहरू गाउने छन् ।

यो सांगीतिक साँझले सामाजिक सशक्तिकरण र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अध्यक्ष थापाले बताएका छन् । तामाङले २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत रेकर्ड गरेर गीत लेखनको यात्रा सुरु गरेका थिए । त्यसपछि उनले गीत लेखनलाई निरन्तता दिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो