संखुवासभामा असार ६ गतेदेखि दैनिक ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी बजार सहित उत्तरी क्षेत्रमा दैनिक ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण शाखा कार्यालय खाँदबारी वितरण केन्द्रले सुचना जारी गर्दै असार ६ गते शुक्रबारदेखि सदरमुकाम खाँदबारीसहित ६ वटा पालिकामा दैनिक ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

खाँदबारी नगरपालिका –९ तुम्लिङटार सवस्टेशन देखि छ्याङकुटी सम्मको मकालु फिडरको मुख्य प्रशारण लाईनको तार मर्मत हुने भएपछि ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

तुम्लिङटारदेखि छ्याङकुटी सम्मको मकालु फिडर अन्तरगर्तको ११ किलोभोल्टको मुख्य प्रशारणको तार मर्मतका लागि दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय खाँदबारी वितरण केन्द्रका प्रमुख शत्रुधन यादवले जानकारी दिए ।

तुम्लिङटारदेखि छ्याङकुटी सम्मको मकालु फिडर अन्तरगर्तको तार परिवर्तन (बदली) गरी ईन्सुलेशन तार जडानका लागि सदरमुकाम खाँदबारी उत्तरी क्षेत्र ,चिचिला, सभापोखरी, सिलिचोङ, मकालु र भोटखोला गाउँपालिकामा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको खाँदबारी वितरण केन्द्रका प्रमुख यादवले बताए ।

तुम्लिङटार देखि छ्याङकुटी सम्मको मकालु फिडरमा हाल जडान रहेको ईन्सुलेशन नभएको पातलो तार बदली गरी ईन्सुलेशन भएको मोटो तार जडान गर्दा पानी र हावाहुरीको समयमा रुख हाँगा बोट विरुवा बाँस लगायतका रुखको प्रशारण लाईन छुएर पटक पटक पटक ट्रीप हुने र बत्ती जाने समस्या समाधानका लागि ईन्सुलेशन जडान गर्न लागिएको वितरण केन्द्रका प्रमुख यादवले बताए ।

तुम्लिङटार देखि छ्याङकुटी सम्मको मकालु फिडरको मुख्य प्रशारण लाईनको ईन्सुलेशन तार जडानका लागि असार ६ गतेदेखि असार १५ गते सम्म दैनिक ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

वरिष्ठ पत्रकार हरि लम्सालको निधन