Monday, July 13, 2020
Home भर्खरै कुनै दिन सिंगै काठमाडौं मसानघाट बन्यो भने ...

कुनै दिन सिंगै काठमाडौं मसानघाट बन्यो भने …

काठमाडौंमा लगातार तीन दिन पानी परिरह्यो भने खोला छेउछाउमा भएका ढिस्का ढिस्की पहिरो जान सक्छ । त्यसपछि काठमाडौंका सबै खोला र नदिमा पानीको बहाब उच्च हुने छ

मध्यवानेश्वरमा पर्छ रत्नराज्य उच्चमाध्यमिक विद्यालय । विद्यालयको पश्चिमपट्टि (सडक छेउमै) छ पुरानो दुई ओटा ढुंगेधारा । १० वर्ष अघिसम्म दुइटै ढुंगेधाराबाट बा-है महिना कलकल पानी आउथ्यो । वानेश्वर आसपासका स्थानिय र डेरावाल त्यहि धारोमा नुहाई धुवाई गर्नुको साथै खाने पानी पनि भर्थे । दुइटा मध्ये पश्चिमपट्टिको धारावाट पीउन योग्य पानी आउथ्यो भने पूर्वपट्टिको धारामा लुगा धुने र नुहाउने गर्थे । पश्चिमपट्टिको धाराको पानी खायो भने पिनाश ठिक हुन्छ भन्ने बुढापाकाहरुको मान्यता थियो । पिनास भएकाहरु त्यही धाराको पानी कल कल पिउथे पनि ।

त्यो मुलबाट निस्केको पानीको निकास नयाँवानेश्वर थापागाउँको पुछारको किनार (खोल्सा थियो) हुँदै धोवी खोलामा मिसिन्थ्यो । अहिलेको मदनभण्डारी कलेजको दक्षिणछेउमा ढुंगेधाराबाट आएको पानीको निकास मिसिन्थ्यो । रत्नराज्यस्कुलदेखी धोबीखोलासम्म खोल्सो थियो ।

जहाँ खोल्सा थियो । खोल्साको बायाँ क्षेत्रमा खेत थियो भने दायाँ क्षेत्रमा अग्लो कान्लो । अहिले पनि ढुंगे धाराको अस्तित्व बाँकी छ । वरिपरि सिमेन्टेड घर बनेपछि पानीको मुल सुक्यो । ढुंगेधारामा पानी चुहिएको हेर्न वर्खा कुर्नुपर्छ । जहाँ निकास बग्ने खोल्सा थियो । खोल्साको ठाउँमा पक्कि सडक छ भने दायाँ भित्तो र बायाँ फाँटमा सिमेन्टेड घरहरु ठडिएका छन् । अहिलेका पुस्तालाई यहाँ खोल्सा थियो भन्यो भने ‘हावा कुरा गर्ने’ भन्न बेर मान्दैनन् ।

सडक विभागले खोलामा सडक मात्रै बनाएको छैन सडकभित्र ढल पनि छ । वर्खायाममा धोबीखोला छेउको घुम्तिमा ढलको पानीले सडक भासिन्छ । भासिएको केही महिनापछि सडक विभागले फेरि मर्मत गर्छ ।

रत्नराज्य स्कुल छेउको ढुंगेधारा र खोलामाथीको सडकको प्रसंग यस अर्थमा गर्दै छु हामी प्राकृतिक दोहनमा यति निपुर्ण र पोख्त छौं सडक, बाटो, पुल वा अन्य कुनै पनि पूर्वाधार निर्माण गर्दा भविष्यमा आउनसक्ने विपत्तिको वारेमा अनुमान समेत गर्दैनौ ।

काठमाडौका स्थानिय खोलामाथी दोहन नयाँ वानेश्वरमा मात्रै सिमित छैन । धेरै रैथाने खोलाहरु अहिले सडक मुनी ढलको रुपमा निस्सासिएका छन् । कुनै बेला धेरै समय पानी प-यो । खोला थुनियो वा अन्य कुनै कारण भेलले बितण्डा मच्चायो भने के गर्ने भन्ने उपाय र योजना पनि छैन ।

खोला किनारमा घर बनाएर बसेकाहरुलाई लाग्दो हो । दायाँ बायाँ सिमेन्टको पर्खालले खोलाको साइजमा एकरुपता ल्याएपछि हामी सुरक्षित भयौं । त्यो केबल भ्रम मात्रै हो । कुनै दिन खोला उर्लिएर आयो भने दायाँ बायाँको सिमेन्टेड पर्खाल मात्रै हैन । वरपरको वस्ती सखाप बनाइदिन धेरै समय लाग्दैन

काठमाण्डाैकाे धाेबीखाेला

धोबी खोला, बागमती, विष्णुमतीलगायत खोलाको किनारमा अहिले कंक्रिटको पर्खाल लगाएर खोलाको क्षेत्रफल खुम्च्याईको छ । खोलाको पानी आफ्नै गतिमा बग्दा खोलाको स्वरुप आफ्नै खालको थियो । कतै फराकिलो, कतै गहिरो र कतै साँघुरो । किनारमा ढुंगा र सिमेन्टको पर्खाल लगाउने बेलामा इन्चीटेपले नापेर खोलाको आकार समेत बराबर बनाइएको छ । बालाजुदेखी डल्लुसम्म विष्णुमतीको आकार लगभग उस्तै छ अहिले । पहिलो त्यस्तो थिएन । खोला किनारमा घर बनाएर बसेकाहरुलाई लाग्दो हो । दायाँ बायाँ सिमेन्टको पर्खालले खोलाको साइजमा एकरुपता ल्याएपछि हामी सुरक्षित भयौं । त्यो केबल भ्रम मात्रै हो । कुनै दिन खोला उर्लिएर आयो भने दायाँ बायाँको सिमेन्टेड पर्खाल मात्रै हैन । वरपरको वस्ती सखाप बनाइदिन धेरै समय लाग्दैन ।

अहिले काठमाडौ लगायत मोफसलका कतिपय सडक फराकिलो बनाउने अभियानमा छ सरकार । सडक फराकिलो बनाउने सन्दर्भमा गरिने गफमा भन्ने गरिन्छ ‘शासकहरुमा दुरदर्शिताको अभावले अहिलेको पुस्ताले दुःख पाए ।’

हुन पनि हो काठमाडौंमा सडक निर्माण गर्ने वेलामा शासकहरुले ३० वर्षपछिको जनघनत्वको चापलाई ध्यान दिएको भए अहिले सडक छेउमा बनेका घरहरुमा मुआब्जा दिई दिई स्काभेटर लगाएर भत्काउनु पर्ने थिए ।

उही वेला चक्रपथमा पर्ने र अन्य खोलाहरुमा पुल मात्रै फराकिलो बनाइदिएको भए फेरि अहिले त्यहि ठाउँमा हल गोरु नारे झैँ अर्को पुल बनाउनु पर्ने थिएन । तर, तत्कालिन शासकहरुले ३० वा ४० वर्षपछिको अनुमान गर्न सकेनन् अहिले हाम्रो सरकार पुरानो पुस्ताको साँघुरो सोचको आलोचना गर्दै काम गर्दैछ ।

अघिल्लो पुस्ताले बुद्धि नपु-याउदा हामीले दुःख पायौं भन्दै काम गर्नेहरुले भावी पुस्ताबाट गाली खाने काम गरेका छन् कि छैनन् । धेरै टाढा जान पर्दैन पछिल्लो समय काठमाडौंका खोलाहरुमा लगाइएको कंक्रिटको पर्खाल हेरेरै बुझिन्छ । खोलामा यसरि लगाइएका पर्खालकै कारण कुनै दिन काठमाडौ मसानघाटमा परिणत भयो भने आश्चर्य नमाने हुन्छ ।

जब, पानीको बहाब उच्च हुन्छ निकासका लागि पानीले आफ्नो बाटो आफैं बनाउन थाल्छ । त्यो अवस्थामा पानीले जहाँ कमलो भाग छ त्यहि फुटाउछ । उसले धनी, गरीब, राजनीतिज्ञ, इमान्दार, बेइमान केही पनि छुट्याउदैन । त्यसपछि निम्तने विनास कल्पना गर्न सकिँदैन

एकछिनलाई मानौं । बर्खायाममा काठमाडौंमा लगातार तीन दिन मुसलधारे पानी प-यो । काठमाडौंमा लगातार तीन दिन पानी परिरह्यो भने खोला छेउछाउमा भएका ढिस्का ढिस्की पहिरो जान सक्छ । त्यसपछि काठमाडौंका सबै खोला र नदिमा पानीको बहाब उच्च हुने छ । जब, पानीको बहाब उच्च हुन्छ निकासका लागि पानीले आफ्नो बाटो आफैं बनाउन थाल्छ । त्यो अवस्थामा पानीले जहाँ कमलो भाग छ त्यहि फुटाउछ । उसले धनी, गरीब, राजनीतिज्ञ, इमान्दार, बेइमान केही पनि छुट्याउदैन । त्यसपछि निम्तने विनास कल्पना गर्न सकिँदैन ।

पछिल्लो समय स्थानिय सरकारले गाउँ गाउँमा मोटर बाटो निर्माण शीर्षकमा यति धेरै बहुलट्ठी काम गरेका छन् । ग-है पिच्छे खनिएका मोटरबाटोले खानेपानीको मुल सुकाउनुको साथै बन विनाश र भू–क्षयलाई पहिलो प्राथमिकता दिएको छ । अहिलेकै शैलिमा डाँडापाखामा डोजर कुदाउने क्रम जारी राख्ने हो भने हामीले नसोचेको विपत्ती आँगनमा आउन धेरै दिन कुर्न पर्दैन ।

कोरोना संक्रमणले अहिले संसार ठप्प छ । २१ औं शताब्दीको चलायमान दुनिया यसरि संसारै ठप्प होला भनेर कसले सोचेको थियो । आखिर भयो । अहिलेसम्मको अध्ययन अनुसार ज्वरो, रुखा र खोकीको उच्च रुप न हो कोरोना । क्यान्सर लागेका बिरामीलाई त दुईचार वर्ष बचाउन सक्ने चिकित्सा विज्ञान किन अहिले कोरोनासंग हारिरहेछ । विश्वका सुविधासम्पन्न मुलुकका सुविधा सम्पन्न अस्पतालहरुले पनि किन कोरोना संक्रमितहरुलाई बचाउन सकिरहेका छैनन् ?

भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति प्रकृतिमाथी मानविय दोहनकै परिणती हुन् । कोरोना, बर्ड फ्लु, स्वाइन फ्लु, इबोला, एचआइभी/एड्स जस्ता संक्रमण पनि मानविय हेलचेक्रायाई र प्राकृतिक दोहनकै कारण निम्तिएका समस्या हुन् । कोरोना संक्रमण केही महिना वा वर्षमा नियन्त्रण होला । त्यसो हुँदैमा हामी सुरक्षित हुन्छौं भन्ने कुनै ज्ञारेन्टी छैन । हाम्रो विकास निर्माणका बहुलट्ठी शैलि देख्दा लाग्छ । यो भन्दा पनि ठुला महामारीका लागि हामीले निम्ता दिइसकेका छौं ।

(Visited 4,073 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता...

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, ठोस निर्णय भएन

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने...

दाउरा संगै कोशीले बगाएको जीवन

इटहरी । सधैँ जस्तो आइतबार विहान सुनसरीको बराहक्षेत्र ६ का अनिल बस्नेत कोशीमा दाउरा टिप्न गए । सप्तकोशीको बाढीले बगाएर ल्याएको दाउरा टिपेर आगो...

घर भाडा छुट सम्बन्धको रिटमा सर्वोच्चद्धारा सरकारको नाममा कारण देखाउ आदेश

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लामो लकडाउन र घर धनीलाई भाडा छुट गर्न गरेको आह्नसँगै भाडामा बस्ने...

भर्खरै

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता...

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, ठोस निर्णय भएन

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने...

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज अपराह्न ट्विट गर्दै...

‘श्रीमान र सासुको यातना सहन नसकेर कल्पनाले गरेकी थिइन् आत्महत्या’

जनकपुरधाम । पति र सासुले यातना दिएकाले आफ्नी छोरी कल्पनाले झुण्डिएर आत्महत्या गरेकी उनकी आमा रिंकी पाण्डेले बताएकी छिन् । गत मंगलबार जनकपुरको विद्यापती...

धेरै पढिएका

ई-पेपर

(Visited 40 times, 1 visits today)