राजविराज । रसुवामा भदौ १० गते आएको बाढीमा सप्तरीका ३५ जना अझै सम्पर्कबिहिन छन् । त्यसक्षेत्रमा रहेको हाइड्रोपावरको विभिन्न पदमा र अन्य ठाउँमा कार्यरत जिल्लाका ३५ जना सम्पर्कमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिएका छन् । बाढीपछि सम्पर्क बिहीन भएकाहरुको आफन्तजनले खोजी तथा उद्धारका लागि सबैमा अपिल गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आईतबार जारी गरेको सूचना अनुसार सप्तरीको महदेवा २ का रसुवा स्थित हाईड्रोपावरमा इन्जिनियर पदमा काम गर्दै आएको कर्मचारी देव कुमार इसर, खडक नगरपालिका ७ का नुवाकोट त्रिशुली बजारमा काम गर्दै आएका सुनिता राम र उनका छोरा दिवान्स राम, विष्णुपुर गाउँपालिका १ का रसुवास्थित प्राविधिक शिक्षक अजय कुमार यादव अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् ।
यस्तै पावरहाउस रसुवा युटिए ३ ए मा कार्यरत तिलाठी कोईलाडी गाउँपालिका ४ का हाईड्रोपावरका कर्मचारी सञ्जय साह, तिरहुत ४ डिमनका त्रिशुली बजारस्थित जेसी हाईड्रोपावरमा कार्यरत इन्जिनियर रविन्द्र कुमार यादव, अपर हाईड्रोपावर रसुवामा कार्यरत महदेवा २ का इन्द्र नारायण इसर, रसुवाकै अपर त्रिसुली २१६ एमभी क्युसीमा इन्जिनियर पदमा कार्यरत राजगढ २ का राजिव कुमार सिंह सम्पर्क बिहीन रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
उक्त कार्यालयका अनुसार रसुवाकै मेलुङ्ग ५ एमभी हाइड्रोपावरमा कार्यरत कर्मचारी सुरुङ्गा नगरपालिका २ का सरोज चौधरी, रसुवा बेत्राबति बजारस्थित फेवा कञ्जक्सन कम्पनीमा काम गर्ने कञ्चनरुप नगरपालिका ६ सितापुरका अनिल विश्वकर्मा, रसुवामै सिभिल ओभरसियर पदमा कार्यरत महदेवा २ का संतोष यादव, शम्भुनाथ नगरपालिकाका रसुवास्थित मेलुङ्ग ५ एमभी हाईड्रोपावरमा काम गर्दै आएका मेकानिकल इन्जिनियर पिताम्बर प्रसाद दास, रसुवास्थित मेलुङ्ग २१६ एमभी जल विधुत आयोजनामा सर्वे इन्जिनियर पदमा काम गर्दै आएका सप्तरी तिलाठी कोईलाडीका दिलिप कुमार मण्डल सम्पर्क बिहीन छन् ।
त्यस्तै फेवा फेवा कन्स्ट्रक्सन, बेनी नयाँ पुल, रसुवामा कार्यरत शम्भुनाथ नगरपालिका ३ का रमेश चौधरी, हृदय नारायण चौधरी, सुरेन्द्र देव चौधरी, दिपेन्द्र चौधरी, सोही पालिकाको वडा नम्बर ४ का रसुवामा कार्यरत कामदार प्रेम सागर चौधरी, वडा नम्बर ६ कठौनाका रसुवामा निर्माणधिन हाईड्रोपावरमा कार्यरत कामदार साजन चौधरी, सोही वडाका नेपाल विद्युत प्राधिकरण अपर त्रिशुली ३ए नुवाकोटमा कार्यरत ओम प्रकाश चौधरी, वडा नम्बर ३ का रसुवाको जेसी हाईड्रोपावरमा काम गर्ने सुपरभाईजर त्रिभुवन कुमार मण्डल सम्पर्क बिहीन छन् ।
यस्तै जिल्लाको बोदे बरसाईन नगरपालिका ८ काचन टोलका एकै परिवारका तीन दाजुभाई अहिले सम्म सम्पर्कमा आउन सकेको छैन् ।
रसुवाको जेसी हाईड्रोपावमा इन्जिनियर पदमा कार्यरत देबकुमार यादव, ओभरसियर पदमा कार्यरत सचिन यादव र सुपरभाइजर पदमा कार्यरत शिवकुमार यादव तीनै दाजुभाई सम्पर्कमा नआउँदा उहाँका बुवा लाल बहादुरले खोजीका लागी अपिल गरेका छन् ।
त्यस्तै रसुवास्थित अपर त्रिसुली २१६ एमभी मा हाईड्रोपावरको ईन्जिनियर पदमा कार्यरत विष्णुपुर १ का ओमनारायण यादव, इन्जिनियर पदमा कार्यरत राजगढ ६ फकिराका विजय यादव, नुवाकोटस्थित सुरुङ्गमा काम गर्ने कामदार तिरहुत ३ हटैलका अशोक यादव, हनुमाननगर कंकालिनी १ बरमझियाका रसुवा स्थित हाईड्रोपावरमा काम गर्ने कामदार मुकेश सदा, विनोद सदा र सोही ठाउँका अर्का विनोद सदा, अपर त्रिसुलीमा हाईड्रोपावर ओभरसियर पदमा काम गर्दै आएका तिलाठी कोईलाडी २ लौनियाँका जितेन्द्र मण्डल, रसुवामै कामदारको रुपमा काम गर्दै आएका राजविराज १६ मुसहरी टोलका बेचन सदा र शिव कुमार सदा, रसुवास्थित नेपाली सेनाको श्रीनाथ गण टिमुरेमा कार्यरत राजविराज १० का रोशन कुमार यादव सम्पर्कमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भारतको जिल्ला मधुवनी थाना लौकहा बलुवा रसुवास्थित हाईड्रोपावरमा कार्यरत कामदार सरोज कुमार गुप्ता पनि सम्पर्कमा नआएको र खोज तथा उद्धारका लागि परिवारजनले अपिल गरेको जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
उपभोक्ता कानून ल्याउन प्रदेश सरकारलाई नैतिक दवाव
गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद
जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको दुर्घटनामा मृत्यु
रसुवा बाढीः उदयपुरका २१ मध्ये ३ जना सम्पर्कमा
अमरिश १३ वर्षदेखि भारतमा वेपत्ता
जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा ४ जनाको मृत्यु






